बेसीशहर-फागुन १८
साथीभाइको विदाईमा सहभागी हुँदा के उपहार दिनुहुन्छ - नयाँ र महङ्गा समाग्री, तयारी गिफ्ट, हस्तकलाका सामाग्री, कलम डायरी, लत्ताकपडा वा अरु केही - साथीलाई आफ्नो सम्झना चिर स्थाइ बनाउन तपाइँ पक्कै यस्तै सामाग्री दिनुहुन्छ होला ।
तर, लमजुङमा एक जनाले आफ्नो साथीबाट विदाइका बेला उपहारमा कण्डम उपहार पाउनुभयो । कुनै बहुमूल्य वस्तु नभै सित्तैमा पाइने कण्डम उपहार पाउँदा उहाँलाई अन्य उपहार भन्दा सित्तैको त्यो उपहार बढी मन पर्यो । प्रसंग वर्ल्ड भिजन लमजुङ एडिपीका टिम लिडरको विदाइ कार्यक्रमको हो । तीनबर्षम्म लमजुङ बसेर काम गर्नुभएका टिम लिडर सुरेन्द्रबावु ढकालको विदाइमा आउने साथीभाईहरु कसैले कलम डायरी, किताप, त कसैले हस्तबुनाका सामाग्री, प्राकृतिक दृश्यका तस्विर उपहार दिए । उपहार दिनेको भिडमा उहाँका एक साथी प्रेम भट्टर्राईले भने उपहार स्वरुप ३ प्याकेट कण्डम थमाउँदा ढकालाई एकछिन त के गरौं, कसौ गरौं झैं भयो, थोरै लाज पनि लाग्यो तर उहाँले उपहार सजिलै ग्रहण गर्नुभयो ।
ढकाललाई कण्डम उपहार दिने ब्यक्ति हुनुहुन्थ्यो ग्रामिण सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक प्रेम भट्टराइ । एचआइभी एड्सको क्षेत्रमा सचेतना जगाउन सन्देश जाओस भन्ने उद्देश्यले यस्तो उपहार दिएको भट्टराइले बताउनुभयो । कण्डमको प्रयोग बढाउन सन्देश जाने उद्देश्यले पनि यस्तो उपहार दिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा कण्डम उपहार दिइँदा हाँसोमा उडाउनेहरु पनि कम थिएनन् । तर हल्का लाज मानेर बढी हासीमजाक गरेकाहरु पछी यस विषयमा सम्बेदनशील भएका थिए । कण्डमको प्रयोगबाट एचआइभी एड्सका साथै विभिन्न रोगको संक्रमणबाट बच्न सकिने भएकाले कण्डम सचेतना आबस्यक रहेको तथ्य उनीहरुले बुझे ।
कण्डमलाई र्सवसुलभ बनाउन र यौन सचेतना बढाउन बेसीशहरका प्रत्येक होटलहरु कण्डम बाकस राखिएकोे छ । ग्लोबल फण्टको सहयोगमा एड्स रोकथाम तथा न्युनिकरणको विभिन्न सचेतनाका कार्यक्रमहरु संचालन हँुदै गरे पनिपनि त्यो प्रभावकारी नभएको गुनासो पनि उक्तिकै छ । एड्सको नाममा हल्लाखल्ला मात्रै बढी हुन्छ, लक्षितवर्ग सम्म कार्यक्रमनै पुग्दैन, एचआइभी संक्रमित साधुराम पण्डितले गुनासो गर्नुभयो ।
हाल लमजुङमा एचआईभी संक्रमितको संख्या
१ सय १३ पुगेको छ । तर यस बाहेक राष्ट्रिय एचआइभी तथा एड्स महासंघ लमजुङमा छुट्टै २० जना आबद्ध भएको महासंघले जनाएको छ । जिल्लामा एड्स रोगबाट मर्नेको सँख्या एक दर्जन जति भएपनि रर्ेकर्डमा भने ४ जना मात्र राखिएको पाईन्छ । जिल्ला जनस्वास्थ्य कार्यालय लमजुङ र लमजुङ सामुदायिक अस्पतालको पहलमा एचआईभी संक्रमितहरुको तथ्याङ्क निकालिएको हो । लमजुङमा एचआईभी संक्रमितहरुको अवस्था विकराल वन्दै गएपछि संवन्धित संघसंस्थाले आफ्नो ध्यानाकर्षा गरेका छन् । लमजुङमा तीन स्थानमा स्वेच्छिक परामर्श तथा परीक्षण केन्द्र र तीन ठाउँमा एचआइभी सुचना केन्द्र स्थापना भएका छन् । स्वेच्छिक परामर्श तथा परीक्षण केन्द्र लमजुङ समुदायिक अस्पताल बेसीसहर, भोटेवार र खुदीमा राखिएको छ, भने एचआइभी सुचना केन्द्र बेसीसहर, चिती र भोर्लेटारमा राखिएको र त्यहाँबाट परामर्श, परिक्षण र सचेतनाका काम गरिरहेको जिल्ला एड्स समन्वय समितिका कार्यक्रम संयोजक विष्णु बहादुर थापाले बताउनुभयो ।
No comments:
Post a Comment