बेसीशहर-फागुन १८
नेपालमा अत्यान्तै जोखिममा रहेका ६ वटा हिमतालमधये मनाङमा रहेको ठुलागी हिमताल विष्फोटको जोखिममा रहेको एक अध्ययनले देखाएको छ । गएको असार र साउनमा सो हिमतालमा गरेको अध्ययनबाट यो खतरा देखिएको हो ।
अन्तराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र र्-इसीमोड)ले मनाङ जिल्लामा रहेको ठुलागी हिमतालको स्थलगत अध्ययनबाट प्राप्त तथ्यबारे बेसीशहरमा हालै गरेको छलफल कार्यक्रममा खतराको संकेत गरिएको हो । अध्ययनका क्रममा सो ताल जोखिममा रहेको देखिए पनि तत्कालै यसबाट कुनै क्षति भने नहुने बताइएको छ । सो हिमताल फुट्यो भने त्यसको प्रभावक्षेत्रमा पर्ने मनाङ र लमजुङका करिब २ सय ९८ घरधुरीले त्यसको असर भोग्नुपर्ने र करिश २९ अरब बराबरको क्षति हुने पनि प्रारम्भिक अध्ययनले देखाएको छ । यद्यपी अध्ययनको पर्ूण्ा प्रतिवेदन भने आउन बाँकी छ । अध्ययन टोलीले हिमतालको स्थलगत नाप, गहिर्राई मापन, तालक्षेत्रको जलवायु, हिमनदीको अवस्था अध्ययन अध्ययन गर्नुका साथै जल विज्ञान, भू-प्राविधिक परिमिति र तालको वर्तमान अवस्थाका बारेमा अध्ययन गरेको थियो ।
छलफलका क्रममा वर्षोनी शुन्य दशमलब शुन्य छ प्रतिशतले तापक्रम बढ्दै गएको र तापक्रम बृद्धिका कारण हिउँ र हिमताल पनि पग्लिन गई यसले भविष्यमा क्षति पुर्याउन सक्ने संभावना रहेकोलगायतका अध्ययनको क्रममा प्राप्त तथ्यकोबारेमा डा. अरुणभक्त श्रेष्ठ, प्रदीप मुल लगायतले जानकारी गराउनु भएको थियो ।
ठूलागी हिमताल मनाङको नाचै गाउँ विकास समिति अर्न्तर्गत मनासलु हिमालको फेदमा पर्छ । सो हिमताल विष्फोट भएमा मर्स्याङदी नदी लगायतका दर्जनौ खोलामा निर्माण भएका जलविद्युत आयोजना, पक्की तथा कच्ची पुल, भवन, सडक, जमीन, बनजंगल समेत गरी ठूलोमात्रामा क्षति पुग्ने अध्ययनले देखाएको छ । मर्स्याङ्दी जलाधार क्षेत्रमा निर्माण गरिएका र प्रस्ताव गरिएका जलविद्युत आयोजना वाट उत्पादन हुने १ हजार २ सय ६४ मेगावाट विद्युतमा समेत गम्भीर असर पुर्याउने विज्ञहरुले ठहर गरेका छन् ।
छलफलमा सो हिमताल २ हजार ५ सय मीटर लम्बाई र ५ सय मीटर चौर्डाईमा फैलिएको ठूलागी हिमतालको गहिर्राई ८० मीटर भन्दा बढी रहेको बताइएको छ । अन्तराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र र्-इसीमोड) का अनुसार नेपालमा रहेका १ हजार ४ सय ६६ वटा हिमतालमध्ये मनाङको ठुलागी, च्छो-रोल्पार्,र् इम्जा, लुमदिङ, तल्लो बरुण र पश्चिम चामजाङ सवैभन्दा बढी जोखिममा रहेका छन् ।
सन् १९९५ को तुलानामा पछिल्लो अध्ययनका क्रममा ठुलागीको लम्बाई ५ सय मीटर बढेको, क्षेत्रफल शुन्य दशमलब ९६३ बर्ग किलोमीटर बढेको र पानी ६ लाख घनमीटर पाईएको छ । अध्ययन टोलीमा सहभागि जलवायु परिवर्तनका विशेषज्ञ डाक्टर अरुण भक्त श्रेष्ठले जलवायु परिवर्तनको चक्र घुमिरहने भएकाले धेरै हतास हुने अवस्था नभएपनि सचेत रहनुपर्ने वताउनुभयो ।
र् र्-इसीमोड) ले नेपालका विभिन्न हिमताल र हिमनदीको अध्ययन गर्ने क्रममा गत असार २२ देखि साउन ६ गतेसम्म ठुलागी हिमतालको अध्ययन गरेको थियो ।
No comments:
Post a Comment