scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, March 10, 2010

संक्षिप्त संविधानको विरोध

फागुन २५
बेसीशहर- नयाँ संविधान बनाउन अब करीब २ महिना मात्र बाँकी रहेको बेला संविधानसभका अध्यक्ष सुवासचन्द्र नेम्बाङले आगामी जेठ १४ गतेभित्र संविधान जारी हुन नसक्ने खुलासा गर्नुभएको छ ।
    पोखरा विमानस्थलमा सोमबार एक पत्रकार सम्मेलनमा बोल्दै सभाध्यक्ष नेम्बाङले यस्तो खुलासा गर्नुभएको हो । समयाभाव र अन्य विविध समस्याका कारण जेठ १४ गते पर्ूण्ा संविधान जारी गर्न नसकिने भएकाले संक्षिप्त संविधान बनाउनुपर्ने उहाँले बताउनुभयो ।
    यसैबीच विभिन्न राजनीतिक दलका नेताहरुले संक्षिप्त संविधान जारी गर्न नहुने बताउनुभएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सीले संक्षिप्त संविधानको विरोध गर्नुभएको हो ।  अध्यक्ष केसीले आगामी जेठ १४ गते जसरी पनि पर्ूण्ा संविधान जारी हुनुपर्ने बताउनुभयो ।सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा नेता केसीले जेठ १४ गते ङ्क्ष्िाप्त संविधानजारी गरिए जनतामाथि ठूलो धोका हुने छ भन्नुभयो ।    उहाँले भन्नुभयो- सत्ता प्राप्तिको भन्दा सहमति गरेर संविधान निर्माणमा क्रियाशील हौं, ७० प्रतिशत काम सकिएको छ,बाँकी काम पनि समयमै सकिन्छ । 

No comments:

Post a Comment