फागुन २५
बेसीशहर- लमजुङका छन्दप्रेमी साहित्यकारहरुको एक भेलाले पिङ्गल छन्द प्रतिष्ठान लमजुङको गठन गरेको छ ।
बेसीशहरमा हालै सम्पन्न एक भेलाले प्रतिष्ठानको गठन गरेको हो । भेलाले प्रतिष्ठानको अध्यक्षमा कवि श्रीकृष्ण न्यौपानेलाई चयन गरेको छ । नव प्रतिष्ठानको सदस्यहरुमा कृष्ण अधिकारी, दीपक पौडेल, सुरेश अधिकारी, तेजनारायण अधिकारी, कमला के.सी., बासुदेव थापा, रमेश अधिकारी र कल्पना कार्की हुनुहुन्छ ।
साहित्यिक रचनामा छन्दको प्रयोग बढाउन र नयाँ पिढीलाई छन्द हस्तान्तरण गर्ने उद्देश्यले प्रतिष्ठानको गठन गरिएको अध्यक्ष न्यौपानेले बताउनुभयो । समितिले निकट भविष्यमै प्रतिष्ठानको विधान बनाई सदस्यता विस्तार गरी आफ्ना कामहरु अगाडि बढाउन लागेको अध्यक्ष न्यौपानेले बताउनुभयो ।

No comments:
Post a Comment