फागुन २५
बेसीशहर- लमजुङ सदरमुकाममा सोमबार भएको एक भेलाले नेपाल राष्ट्रिय मगर संघ लमजुङको गठन गरेको छ ।
नेपाली कांग्रेस जिल्ला कार्यालयमा सम्पन्न भेलाले क्या. हरिबहादुर थापा मगरको अध्यक्षतामा राष्ट्रिय मगर संघको गठन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा भद्रबहादुर खवास, सचिवमा घमानसिं राना, सहसचिवमा राजु राना मगर र कोषाध्यक्षमा कलावती राना रहनुभएको छ ।
त्यसैगरी समितिका सदस्यहरुमा रुद्रबहादुर राना, यसराज थापामगर, दिलकुमारी राना मगर, ठगबहादुर आले, गीता राना, देवबहादुर रानामगर, विमाया रानामगर, खिमबहादुर राना, बाबुराम आले, मानबहादुर आले, क्या. क्षेत्रबहादुर थापामगर र घनबहादुर आले हुनुहुन्छ ।
नेपाल राष्ट्रिय मगर संघका केन्द्रीय वरीष्ठ उपाध्यक्ष यमबहादुर आले मगरेको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले मगर संघको तदर्थ समितिको गठन गरेको हो । कार्यक्रममा नेपाली कांग्रेस लमजुङका सभापति तुलसी नारायण श्रेष्ठ, नेपाल राष्ट्रिय मगर संघ तनहूँका अध्यक्ष इन्द्रबहादुर आलेलगायतको उपस्थिति थियो ।

No comments:
Post a Comment