scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, March 10, 2010

कर्ीर्ते नागरिकता लिन खोज्ने पक्राउ

बन्सार , फागुन २५
नक्कली बाबुछोरा बनी कर्ीर्ने नागरिकता लिन खोज्ने दर्ुइ जनालाई जिल्ला प्रशासन कार्यालयले कारबाही अगाडि बढाएको छ ।
कारबाहीमा पर्नेमा लमजुङ भुलभुले गाविस वीरलाल गुरुङ र गोरखा लाप्राक घर बताउने तस्वीर गुरुङ छन् । बीरलालले तस्वीर गुरुङलाई आफ्नो छोरा भन्दै लमजुङ जिल्ला प्रशासनबाट नागरिकता दिलाउन खोज्दा बुधवार प्रशासनले उनीहरुलाई कारबाही अघि बढाएको हो । हाल दुवैलाई हिरासतमा राखिएको छ ।
गोरखाका वासिन्दालाई लमजुङको नागरिकता दिलाउन सिफारिस गर्ने भुलभुलेका तर्ीथ वहादुर गुरुङ, सीन्द वहादुर गुरुङ, राम वहादुर भण्डारी, हरिवहादुर घिमिरे र गाविस सचिव वावुराम शर्मा लगायतसँग समेत सोधपुछ र अनुसन्धान शुरु गरिएको प्रशासन कार्यलय लमजुङले जनाएकोे छ ।

No comments:

Post a Comment