बेसीशहर चैत्र १७
लमजुङका विभिन्न १६ विद्यालयका छात्राहरुलाई बालिका मैत्री किटबक्स उपलब्ध गराइएको छ ।
महिनावारी भएको समयमा छात्राहरु विद्यालय जान छोडेपछी महिला आपसी सहयोग केन्द्र नामक गैरसरकारी संस्थाले उनीहरुलाई यस्तो सामाग्री उपलब्ध गराएको हो ।
महिनावारी भएका बालिकाहरुलाई सहज रुपमा अध्ययन गर्न र विचैमा कक्षा छोड्न नपरोस भन्ने उद्देश्यले यस्ता सामाग्री वितरण गरिएको र किटबक्समा २ हजार ५ सय रुपैयाँ मूल्यका सेनेटरी प्याड तथा २९ प्रकारका औषधीहरु राखिएको केन्द्रका सुपरभाइजर केशव अधिकारीले बताउनुभयो ।
पर्ुर्वी लमजुङको १० गाविसका विद्यालयहरुमा यस्ता सामाग्री वितरण गरिएको हो । वितरण गरिएका विद्यालयहरुमा शौभाग्योदय उमावि, शिशु विद्याश्रम निमावि, यम्पावती निमावि, बसन्त प्रावि, ज्ञानोदय उमावि, महेन्द्र बालविकास मावि, हिमालय मावि, बाल कल्याण प्रावि, लक्ष्मी मावि, कृष्ण प्रमोद प्रावि, चैतोन्योदय निमावि, सिर्जनशिल निमावि, भक्तिनमुना उमावि, शैलपुत्रि उमावि, विरभक्ति उमवि र गौंडा मावि रहेका छन् ।
No comments:
Post a Comment