बेसीशहर चैत्र १७
विहीबारबाट शुरु भएको प्रवेशिका परीक्षालाई जतिसुकै मर्यादित बनाउने प्रयास भए पनि परीक्षा भने मर्यादित हुन सकेको छैन ।
परीक्षाका क्रममा जिल्लामा कायम गरिएका १८ वटा परीक्षा केन्द्रहरुमध्ये केही परीक्षा केन्द्रहरुमा अमर्यादित घटनाहरु भएका छन् । सुरक्षाको दृष्टिकोणले सबै भन्दा कडा हुनुपर्ने जिल्ला सदरमुकाम बेसीशहरस्थित जनविकास उच्च मा.वि केन्द्रमा परीक्षा केन्द्रको स्थिति सबैभन्दा नाजुक छ ।
परीक्षा केन्द्रभित्र परीक्षा जे जसरी सञ्चालन भए पनि परीक्षा केन्द्र बाहिरको स्थिति लाजलाग्दो देखिने गरेको छ । परीक्षा केन्दबाट गत आइतबार लिइएको गणीत विषयका प्रश्नपत्र बाहिरिएपछि चिट चोराउन परीक्षा केन्द्र बाहिर जम्मा भएका परीक्षार्थीका अभिभावक तथा साथीहरुले परीक्षा केन्द्रमा झण्डै तनावको स्थिति सृजना गरेका थिए ।
अमर्यादित ढंगले चिट चोराउन खोजेपछि प्रहरीले उनीहरुलाई बलप्रयोग गर्नु परेको थियो । प्रहरी र अभिभावकहरुबीच ठेलमठेलको स्थिति सृजना भए पनि अप्रिय घटना भने घटेन । तर पनि अभिभावकहरुले चिट चोराउने कोशिश भने गर्न छोडेनन् । प्रश्नपत्रबाहिरिए पछि प्रश्नका उत्तरआफ्ना छोराछोरी/भाइबहिनीकहाँ प’र्याउनका लागि उनीहरुले परीक्षा केन्द्रसंगै रहेको घरका छतबाट परीक्षा केन्द्रभित्र फालेका देखिन्थ्यो । कतिपयले भित्र जीआइ पाइपको सकेटमा प्रश्नको उत्तर हल गरिएका कागजहरु पोको पारेर परीक्षा केन्द्रभित्र फाल्ने क्रममा झण्डै केन्द्राध्यक्ष यज्ञराज घिमिरेको टाउकोमा लागेको थियो ।
परीक्षा केन्द्रमा मर्यादित ढंगले परीक्षा सञ्चालन गर्ने वातावरण मिलाउन बाराम्बार अभिभावकसंग आग्रह गर्दा पनि नमानेपछि केन्द्राध्यक्ष घिमिरेले अभिभावकहरुलाई सम्झाउन र मर्यादित ढंगले परीक्षा सञ्चालन ह’ने ब्यवस्थाका लागि पार्टर्ीी्रम’खहरुसंग आग्रह गरेको बताउन’भयो ।
बालकल्याण उच्च मावि केन्द्रमा पनि परीक्षा केन्द्र वरिपरी झ’म्मिएका अभिभावकहरुले परीक्षा सञ्चालनमा अबरोध प’र्याएका थिए । अनिवार्य गणितको परीक्षाका क्रममा सो केन्द्रमा पनि प्रहरी र अभिभावकबीच झडपको स्थिति भएको थियो ।
एसएलसी परीक्षा दिनका लागि भाडामा बसेका सर्वोदय उच्च मावि केन्द्रका एक दलित छात्रालाई घरबाट निकालेकामा सो केन्द्रका निरीक्षक कृष्णप्रसाद अधिकारीलाई निरीक्षकबाट हटाइएको छ । परीक्षा दिन अधिकारीको घरमा भाडामा बसेका स’कबहाद’र वि.क.लाई दलित भएका कारण घरबाट निकालिएको भन्दै विभिन्न विद्यार्थी संगठन र दलित संघ/संगठनहरुको विरोध पछि उनलाई निरीक्षकबाट हटाइएको ब’झिएको छ ।
यसैबीच भक्ति नम”ना उच्च मा.विले परीक्षाको म’खैमा विद्यालयको छात्राबासबाट ५० जना विद्यार्थीलाई जबर्जस्ती निकालिएका भनि सञ्चारमाध्यममा आएको समाचार भ्रामक भन्दै खण्डन गरेको छ ।
विद्यालयले एक विज्ञप्ती प्रकाशित गरी विद्यार्थीहरुलाई अध्ययनमा सजिलो होस् भनि अल्पकालीन आवास ब्यवस्था गरी १ महिनाका लागि मात्र ट्य’सन र कोचिङ कक्षा सञ्चालन गरिएको र परीक्षालाई मर्यादित बनाउनका लागि विद्यार्थीहरुलाई आफ्नो घर र डेरामा सरेर परीक्षाको तयारी गर्न अन’रोध गरिएको जनाएको छ ।
विद्यालयले विद्यार्थीहरुलाई डेराको समस्या नपर्ने, सबै विद्यार्थीको घर र डेरा विद्यालयबाट १ किलोमिटर भन्दा बढी नरहेको र डेरा खोज्न’पर्ने समस्या नभएको र विद्यार्थीहरुको सामान फालिएको नभै शिक्षकहरुले नै साधन खोजेर घर तथा डेरामा प’र्याएको स्पष्ट पारेको छ ।
जिल्लाका अन्य स्थानमा सञ्चालित परीक्षा भने प्रायः सामान्य रुपमा नै सञ्चालन भइरहेका र हालसम्म क’नै अप्रिय घटना नघटेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
यस बर्षो प्रवेशिका परीक्षामा लमज’ङमा ७० वटा विद्यालयका तीनहजार एक सय ४१ परीक्षार्थीले सहभागिता जनाउँदैछन् ।
No comments:
Post a Comment