लमजुङ, १८ चैत्र
मंगलबार दिउसो आएको हावाहुरीका कारण लमजुङको सुन्दरबजारमा निर्माणाधीन एके घरको पर्खाल भत्केपछि आडैको अर्को कच्ची घरमा रहेका एकै परिवारका तीनजना सख्त घाइते भएका छन् ।
सुन्दरबजार गाउँ विकास समिति वडा नंं ४ मिलनचोकस्थित बुद्धबहादुर तामाङको निर्माणाधीन घरको पर्खाल भत्कदा छिमेकी ३५ बषिर्य, विन्दूप्रकास पौडेल, उनकी श्रीमती ३३ बषिर्या गंगा पौडेल र १३ बषिर्य छोरा विवेक पौडेल सख्त घाइते भएका हुन् ।
घाइतेहरुको लमजुङ सामुदायिक अस्प्तालमा उपचार हुन नसकेपछि पोखरा लगिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
No comments:
Post a Comment