scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, April 7, 2010

पर्यटन साहित्य यात्रा

बेसीशहर चैत्र २४

हिमालचुली कला साहित्य प्रतिष्ठान लमजुङको आयोजनामा आजबाट  पर्यटन साहित्य यात्रा हुने भएको छ ।

तार्कु महोत्सव २०६६ को अवसर पारी आगामी तार्कुको गहते, मूलकोट र बजरकोटमा पर्यटन साहित्य यात्रा गरिन लागको हो । साहित्यको माध्यमबाट पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गर्ने उद्देश्यले प्रतिष्ठानले दुई बर्ष अघिदेखि पर्यटन साहित्य यात्रा शुरु गरेको हो । पहिलो चरणमा ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको पुरानोकोटमा पर्यटन साहित्य यात्रा गरिएको थियो भने दोस्रो धार्मिक तथा पर्यटकीय बराहपोखरीमा र तेस्रो श्रृंखला पर्यटकीय सिउरुङ गाउँमा आयोजना गरिएको थियो ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण तार्कु गाउँमा गुरुङ जातिको वस्ती छ । त्यहाँको प्राकृतिक सुन्दरता, हिमाली दृष्यावलोकन, ऐतिहासिक र धार्मिक पृष्ठभूमि, स्थानीय बासीन्दाको हार्दिकता, आत्मीयता र पाहुना सत्कारलाई स्रष्टाहरुले सोही स्थानमा कविता, मुक्तक, गीत तथा गजल रचना गरी सोही मार्फत ब्यक्त गर्ने कार्यक्रम छ ।

साहित्यलाई सबैको चासो र सरोकारको विषय बनाउने उद्देश्य लिएर अघि बढेको हिमालचुलीले लमजुङ हरेक हिसावले पर्यटकीय सम्भावना बोकेको जिल्ला भएको हुँदा पर्यटन र साहित्यलाई संगसंगै डो¥याउन कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष आनन्द घिमिरेले बताउनुभयो ।

दोस्रो तार्कु महोत्सव २०६६ को सहयोगमा आयोजना गर्न लागिएको चौथो पर्यटन साहितत्य यात्रामा राष्ट्रिय गीतका रचयिता ब्याकुल माइला (प्रदिप कुमार राई) प्रमुख अतिथि हुनुहुन्छ । यात्रामा जिल्लाका अलवा काठमाण्डौं पोखरादेखिका साहित्यकारहरुको समेत सहभागिता रहेन बताइएको छ ।

No comments:

Post a Comment