scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, April 7, 2010

संविधान निर्माणका लागि दवाव दिन हस्ताक्षर अभिायन शुरु

बेसीशहर चैत्र २४

नेकपा एमाले लमजुङले शान्तिप्रक्रियालाई निस्कर्षमा पु¥याउन र तोकिएको सयमसीमामा संविधान निर्माणका लागि दवाव दिने उद्देश्यले शुक्रवारदेखि हस्ताक्षर अभिायन शुरु गरेको छ ।

सदरमुकाम वेसीशहरस्थित लोकतान्त्रिक चोकवाट शुरु गरिएको हस्ताक्षर अभियान जिल्लाका ६१ वटै गाविसमा सञ्ंचालन गरिने नेकपा एमाले जिल्ला कमिटीले जनाएको छ ।

हस्ताक्षर संकलन गर्नु अघि बेसीशहरमा आयोजित एक कार्यक्रममा बोल्दै नेकपा एमालेका अध्यक्ष जमीन्द्रमान घलेले प्रत्येक गाविसबाट संकलन भएका हस्ताक्षरलाई आगामी बैशाख ७ गते प्रमुख जिल्ला अधिकारी मार्फत संविधानसभाका अध्यक्षकहाँ पठाइने बताउनुभयो ।

वाईसीएलको अर्धसैनिक संरचनाको अन्त्य, माओवादी लडाकुहरुको ब्यवस्थापन, एकीकृत माओवादीलाई जनताको पार्टीको रुपमा रुपान्तरण गन तथा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने लगायतका विषयमा दवाव सिर्जना गर्ने उद्देश्यले एमालेले राष्ट्रब्यापी रुपमा(बाँकी ५ पेजमा)

No comments:

Post a Comment