बेसीशहर चैत्र २४
योङ्ग कम्युनिष्ट लिग नेपाल (वाइसिएल) ले आगामी जेठ १४ गते भित्र संविधान निर्माण गर्न दवाव दिने उद्देश्यले बेसीशहरमा आइतबार साङ्लो जुलुसको आयोजना ग¥यो ।
संविधान निर्माणका लागि ढिलाई हुँदै गएको अवस्थामा विभिन्न बाहना बनाएर संविधान निर्माणको कामलाई ओझेलमा पार्न खोजिएकोले दवाव स्वरुप कार्यक्रमको आयोजना गरिएको वाइसिएलले जनाएको छ ।
कार्यक्रममा भाग लिन जिल्लाका विभिन्न भागबाट सयौं युवा विद्यार्थीहरु बेसीशहर आएका थिए । सो जुलुस बेसीशहर बजार परिक्रमा गरी बेसीशहरको नारायणस्थान चोकमा पुगी कोणसभामा परिणत भएको थियो । सभमा बोल्दै वाइसिएल नेपालका केन्द्रीय सदस्य तथा लमजुङका अध्यक्ष रामचन्द्र पौडेलले संविधान निर्माण हुन नदिन चौतर्फी षड्यन्त्रहरु भएकाले षड्यन्त्रकारी तत्वका विरुद्ध सडक मार्फत खबरदारी गर्नुपरेको बताउनुभयो ।उहाँले विदेशी प्रतिक्रियावादी देखि विभिन्न दलका नेताहरु पनि संविधान निर्माण हुन नदिने षडयन्त्रमा लागेको भन्दै समयभित्रै संविधान नबनेमा ठूलो दुर्घटना निम्तने चेतावनी दिनुभयो । उहाँले जेठ १४ गते नयाँ नेपालको नयाँ संविधान जारी नभए माओवादीले सडकबाटै जनताको संविधान घोषणा गर्ने चेतावनी दिनुभयो ।
यसैबीच एकीकृत नेकपा माओवादीले आज बेसीशहरमा बृहत आमसभाको आयोजना गर्ने भएको छ । आमसभामा एकीकृत नेकपा माओवादी तमुवान राज्य समितिका सह इञ्चार्ज हितराज पाण्डेले सम्बोधन गर्ने कार्यक्रम रहेको एकीकृत नेकपा माओवादी जिल्ला संगठन कमिटीका सेक्रेटरी मोहनहरि पौडेलले बताउनुभयो ।
एकीकृत माओवादीले जिल्लाका विभिन्न स्थानमा संविधान निर्माणका लागि दवाव दिने उद्देश्यले घरदैलो अभियान सम्पन्न गरेको समाचार प्राप्त भएको छ ।
No comments:
Post a Comment