scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, April 27, 2010

बेसीशहरमा कोसेली घर स्थापना

बेसीशहर बैशाख १४

लमजुङ उद्योग बाणिज्य संघको अगुवाईमा सदरमुकाम बेसीशहरमा कोसेली घरको स्थापना गरिएको छ ।

घरेलु तथा साना उद्योग विकास समिति लगायतका सरकारी तथा गैरसरकारी संस्थाहरुको सहयोगमा स्थापित कोसेली घरमा ग्रामीण क्षेत्रमा परम्परागत घरबुनाका तानमा भेडाको ऊन, अल्लो, ढाका, उनी आदिबाट बुनिएका राडी पाखी, बख्खु, झोला, मोबाइल पर्स, लगायतका हस्तकलाका सामाग्रीहरु राखिएको छ । कोसेली घरमा मादल, पुचै जस्ता परम्परागत हस्तकलाका सामग्रीहरुसमेत राखिएको छ ।

लमजुङको चिनोस्वरुप केही लैजान खोज्ने पाहुनाहरुलाई एकै ठाउँमा स्थानीय हस्तकला र परम्परागत सामग्रीहरु पाउन सजिलो होस् भन्ने उद्देश्यले कोसेली घरको स्थापना गरिएको हो । कोसेली घरमा जिल्लाका विभिन्न गाउँ/गाउँमा उत्पादित सामग्रीहरु विक्रीका लागि ल्याइएको छ । कोसेली घरको लागि हाल लमजुङ उद्योग बाणिज्य संघले ब्यवस्थापनको जिम्मा लिएको छ । कोसेली घरलाई निरन्तरता दिन र यसको ब्यवस्थापनका लागि आगामी दिनमा सहकारी दर्ता गर्राई सोही सहकारीबाट कोसेली घर सञ्चालन गर्ने सोच राखिएको लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोद कुमार श्रेष्ठले बताउनुभयो ।

कोसेली घरको स्थानीय विकास अधिकारी पेशल कुमार पोखरेलले हालै एक समारोहबीच उद्घाटन गर्नुभएको थियो । सो अवसरमा सहायक प्रजिअ बाबुराम लामिछाने, वरिष्ठ उद्योग अधिकृत दिपक कुमार आचार्य, नेपाली कांग्रेसका निवर्तमान सभापति कृष्णप्रसाद कोइराला, एमालेका क्षेत्रीय अध्यक्ष बामदेव अधिकारी, लक्ष्मीनारायण पुस्तकालयका अध्यक्ष गणेशप्रसाद न्यौपानेलगायतले मन्तब्य राख्नुभएको थियो ।

No comments:

Post a Comment