scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, April 27, 2010

स्वास्थ्यकर्मीहरुको उच्च मूल्यांकन हुनुपर्नेः कोइराला

बैशाख १४

बेसीशहर- उपप्रधान तथा परराष्ट्र मन्त्री सुजाता कोइरालाले गाउँ गाउँका स्वास्थ्य केन्द्रमा कार्यरत रही जनतालाई सेवा पुर्‍याउने स्वास्थ्यकर्मीहरुको उच्च मुल्याङ्कन हुनुपर्ने बताउनुभएको छ ।

नेपाल स्वास्थ्यकर्मी संघ लमजुङको चौथो जिल्ला सम्मेलनको शनिबार बेसीशहरमा उद्घाटन गर्दै कोइरालाले यो कुरा बताउनुभएको हो । सो अवसरमा उहाँले स्वास्थ्यकर्मीहरुले जनताको स्वास्थ्यमा भूमिका खेल्ने मात्र नभइ लोकतन्त्रको पहरेदारको रुपमा समेत काम गरेको बताउनुभयो । कार्यक्रममा कोइरालाले माओवादीले हतियारको राजनीति पुन सुरु गरेर जनतालाई तर्सर्ाा खोजे पनि उनीहरुले केही गर्न नसक्ने बताउनुभयो ।

कार्यक्रममा संघीय मामिला, संविधान सभा तथा संस्कृति मन्त्री डा. मिनेन्द्र रिजालले सहमति र सहकार्यको राजनीति छोडेर माओवादीले संविधान निर्माणमा समेत अबरोध पुर्‍याएको बताउनुभयो ।

संघका अध्यक्ष युवहरि कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रीय अध्यक्ष रामजी घिमिरे, क्षेत्रीय अध्यक्ष कमल पाण्डे लगायतले बोल्नुभएको थियो ।

अधिवेशनले गौरव ढकालको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्य समितिको निर्वाचन सम्पन्न गरेको छ । समितिको उपाध्यक्षमा रामेश्वर सेढाइँ, महिला उपाधयक्षमा सुकमाया तामाङ, सचिवमा मनोजसिं बोहरा, कोषाध्यक्षमार् इश्वरकुमार श्रेष्ठ, सहसचिवमा निर्मला खड्का र सदस्यहरुमा अच्युत अधिकारी, बासुदेव सापकोटा, रमानाथ घिमिरे, सुमित्रा वगाले, पवित्रा गुरुङ, बाबुराम कोइराला र कोष विलास वगाले हुनुहुन्छ । त्यस्तै केन्द्रिय प्रतिनिधिमा विश्वराज घिमिरे र युवहरि कोइराला चयन हुनुभएको छ ।

No comments:

Post a Comment