बेसीशहर चैत्र २४
नेपाली राजनीतिका शिखर पुरुष, पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति स्वर्गिय गिरिजाप्रसाद कोइरालाको अस्तु विश्वकै उच्च स्थानमा रहेको तिलिचो तालमा सेलाइएको छ ।
१३ आंै पुण्यतिथिको अबसरमा स्व.कोइरालाको अस्तु देशका सबै जिल्लामा सेलाउने कार्यक्रम अनुरुप नेपाली काँग्रेस जिल्ला कार्य समिति मनाङले विश्वकै सर्वाधिक अग्लो स्थानमा रहेको तिलिचो तालमा अस्तु सेलाएको हो ।
कोइरालाको अस्तु सेलाउन नेपाली कांग्रेसका नेताहरु पाल्तेन गुरुङ र राम बहादुर गुरुङसहित कांग्रेसका नेता तथा कार्यकर्ताहरु गत बुधबार तिलिचो पुगेका थिए । स्वर्गीय कोइरालाको अस्तु सेलाएपछि सोही ठाउँमा श्रद्धाञ्जली सभा समते गरिएको रहेको नेपाली काँग्रेस मनाङका सभापति शंकर गुरुङले बताउनुभयो ।
नेपाली काँग्रेस जिल्ला कार्य समिति लमजुङले पनि कोइरालाको अस्तु बिहीबार मस्र्याङ्दी नदीमा सेलाएको छ । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य शुक्रराज शर्मा तथा जिल्ला कार्यसमितिका सभापति तुलसी नारायण श्रेष्ठको नेतृत्वमा सयौं कार्यकर्ता र सुभेच्छुकले स्वर्गीय कोइरालाको अस्तु मस्र्याङ्दी नदीमा लगि विसर्जन गरेका थिए । सोही दिन नेपाली कांग्रेस लमजुङले बेसीशहरमा एक श्रद्धाञ्जली सभा आयोजना ग¥यो ।
सभामा नेपाली कांग्रेसका आमन्त्रिक केन्द्रीय सदस्य शुक्रराज शर्माले स्वर्गीय कोइरालाले देखाउनुभएको सहमति, सहकार्य र सहअस्तित्वको राजनीतिलाई कायम राखेर शान्ति प्रक्रिया र संविधान
लेखनलाई निष्कर्षमा पु¥याउन सके मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने विचार राख्नुभयो । नेपाली कांग्रेस लमजुङका सभापति तुलसीनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान सभापति कृष्णप्रसाद कोइराला, नेकपा एमालेका अध्यक्ष जमीन्द्रमान घले, नेपाल तरुण दल लमजुङका अध्यक्ष रमेश पाण्डे, नेविसंघका अध्यक्ष शैलेन्द्र घिमिरे, नेपाल महिला संघकी अध्यक्ष ज्ञानु शाहलगायतले स्वर्गीय कोइरालको योगदानको चर्चा गर्नुभएको थियो ।
No comments:
Post a Comment