बेसीशहर चैत्र २४
बेसीशहर– धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण तार्कु गाविस क्षेत्रको प्रचार प्रसार गरी गाउँलाई ग्रामीण पर्यटनको क्षेत्रमा विकास गर्ने लक्ष्यका साथ बुधवारदेखि दोस्रो तार्कु महोत्सव २०६६ को आयोजना हुने भएको छ ।
महोत्सवमा स्थानीय कृषि–पशु, घरेलु तथा हस्तकला, विभिन्न जात जातिका संस्कृति साथै झाँकी प्रदर्शनी गर्नुका साथै ठाडो भाकाको गीत, लोकनृत्य, चुड्का, रत्यौली, चेतनामुलक नाटक, दोहोरी गीत, खाना महोत्सव लगायतका कार्यक्रमहरु गरिने छ । स्थानीय कला, संस्कृति, ऐतिहासिक, धार्मिक पुरातात्विक वस्तुहरुको संरक्षण, स्थानीय उद्योग, ब्यापार, कृषि, शिक्षा र ग्रामीण पर्यटन प्रवद्र्धनका लागि महोत्सवको आयोजना गरिएको हो ।
राष्ट्रिय गानका रचनाकार तथा साहित्यकार ब्याकुल माइला (प्रदिपकुमार राई)ले महोत्सवको उद्घाटन गर्नुहुने छ । महोत्सवका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिले बताएको छ । महोत्सव र्५ दिनसम्म चल्ने छ ।
No comments:
Post a Comment