scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, April 7, 2010

ठाडो भाका संरक्षणका लागि दोहोरी प्रतियोगिता

बेसीशहर चैत्र २४

बेसीशहर– लोपोन्मुख अवस्थामा पुगेको लमजुङको मौलिक लोकभाका ठाडो भाकाको संरक्षण गर्ने उद्देश्यल हिमालचुली कला साहित्य प्रतिष्ठान लमजुङले सोमबार कोइरालाफाँटमा ठाडो भाकाको लोक दोहोरी प्रतियोगिता सम्पन्न गरेको छ ।

स्थानीय क्लवको सहयोगमा सम्पन्न कार्यक्रममा जिल्लाका विभिन्न भागका गरी ५ वटा टीमले सहभागिता जनाएका थिए । प्रतियोगितामा धुसेनी निवासी सुकदेव अधिकारीको त्रिशक्ति समूह प्रथम र थान्सिङ नेटाका कृष्णबहादुर परियारको समूहले दोस्रो स्थान हात पारे । विजयी टीमलाई क्रमशः नगद ५ हजार, ३ हजार र प्रमाण पत्र दिइएको थियो ।

प्रतियोगिताका अवसरमा ठाडो भाकाका हस्ती चर्चित लोकगायक भेडीखर्के साइँला र उत्तम गुरुङको दोहोरी प्रस्तुतिले कार्यक्रममा निकै अकर्षण थपेको थियो । कार्यक्रममा ठाडो भाकाको लोक गीतको संरक्षणका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताइएको थियो । ठाडो भाकाको मोहले सुन्दरबजार घर भइ हाल बेलायतमा बस्दै आउनुभएका धनबहादुर गुरुङ कार्यक्रम थाहा पाई कोइरालाफाँट पुग्नुभएको थियो । उहाँले बेलायतमा पनि ठाडो भाकाको प्रचार प्रसार गर्न भिडियो डकुमेन्ट्री निर्माण गर्र्न लाग्नु भएको हिमालचुलीका अध्यक्ष आनन्द घिमिरेले बताउनुभयो ।

No comments:

Post a Comment