बैशाख १४
बेसीशहर-लायन्स क्लव अफ सुन्दरबजारको आयोजना र हिमालय आँखा अस्पताल घारीपाटन पोखराको सहयोगमा लमजुङको नौथरमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
नौथर गाविसको सेरामा सञ्चालन भएको उक्त शिविरमा २ सय ८० जना आँखाका विरामीहरुको निःशुल्क परीक्षणगरी औषधी समेत वितरण गरिएको थियो । शिविरमा आँखा जाँच गर्न आएकामध्ये १३ जनामा मोतियाविन्दू देखिएकाले शल्यक्रियाका लागि हिमालय आँखा अस्पतालमा पठाइएको लायन्स क्लव अफ सुन्दरबजारको थर्ड भाइस प्रेसिडेण्ट विष्णुकुमार श्रेष्ठले बताउनुभयो ।
No comments:
Post a Comment