scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, April 27, 2010

हाउस वायरिङ तालिम सम्पन्न

बैशाख १४

बेसीशहर- लमजुङ उद्योग वाणिज्य संघको आयोजनामा रम्घा गाविसमा सञ्चालन भएको २ महिने आधारभूत हाउस वाइरिङ तालिम बैशाख ७ गते सम्पन्न भएको छ ।

जिल्लाका दक्षिण पर्ूर्वी भेगका वेरोजगार युवाहरुलाई स्वरोजगार वनाउने उद्देश्यले सञ्चालन गरिएको तालिमको समापन संघका अध्यक्ष प्रमोद कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सामारोहमा अध्यक्ष श्रेष्ठले तालिमको समापन नभई शुरुवात भएको र सहभागीहरुले तालिममा सिकेका सिपलाई व्यवहारमा लागू गरि व्यवसायीक वन्नुपर्ने कुमारमा जोड दिनुभयो ।

जिल्ल्ााको आर्थिक र सामाजिक विकासको लागि विभिन्न संघ संस्थाहरुसंग सहकार्य गर्दै उद्योग बाणिज्य संघले पर्यटन, जलस्रोत, कृषि र जटीवुटीको क्षेत्रामा काम गर्ने सोच वनाएको जानकारी सो अवसरमा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा सहभागीको तर्फाट रामबहादुर परियार, गोविन्द धिंगाल, कार्यक्रम अधिकृत मीना गुरुङ, माहिन्द्री दुग्ध उत्पादन सहकारीका अध्यक्ष केशव वाग्ले, रम्घा एकिकृत ग्रामीण विकास समितिका का अध्यक्ष ऋषिराम नैनावस्ती, लमजुङ उद्योग बाणिज्य संघ, दुइपिप्ले सोतिपसल इकाइका संस्थापक अध्यक्ष राम बहादुर श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्ुनभएको थियो ।

सात गाविसका १६ जना प्रशिक्षार्थीको सहभागीता रहेको सो तालिमलाई पोखरा उद्योग वाणिज्य संघ, एच.डब्लु.के.माइन्ज जमर्नी र डि्रलिप लमजुङले आर्थिक सहयोग गरेको थियो । कार्यक्रम दुइपिप्ले सोतिपसल इकाईका अध्यक्ष भोला पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।



No comments:

Post a Comment