बैशाख १४
जिल्ला खेलकुद विकास समिति लमजुङको आयोजनामा आइतबारबाट बेसीशहरमा दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।
बैशाख १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका ४२ वटा माध्यामिक विद्यालयहरुले सहभागिता जनाउदै छन् । बेसीशहरस्थित सहजी खेल मैदानमा प्रतियोगिता आयोजना गरिएको छ । एथलेटिक्सका खेलहरु भने बेसीशहर बजारमा पनि गरिने छन् । प्रतियोगिता अर्न्तर्गत छात्र तथा छात्राको भलिवल र एथलेटिक्स, हाइजम्प, लङजम्प, ज्यावलिङ थ्रोमा विद्यार्थीहरुले प्रतिस्पर्धा गर्दैछन् ।
रनिङ शिल्ड प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमिल्सिनाले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, जिल्ला शिक्षा अधिकारी अधिकारी लगायतले प्रतियोगिताको सफलताको कामना गर्नुभएको थियो ।
प्रतियोगिता अर्न्तर्गत छात्रातर्फो ज्वावलिङ थ्रोमा बीरभक्ति उमाविका सुस्मा गुरुङ प्रथम, लक्ष्मी मा.वि. मञ्ज्याङका संचिता गुरुङ द्वितीय र जनजागृति मा.वि. बाँझाखेतका मञ्जु घिमिरे तृतय भएका छन् ।
त्यस्तै छात्र तर्फो लङजम्पमा भैरवकाली उमाविका विशाल माझी प्रथम, हिमालय मा.वि. कोल्कीका सज्जन गुरुङ द्वितीय र महेन्द्रदेव मा.वि. तराञ्चेका विक्रम परियार तृतीय भएका छन् ।
रनिङ शिल्ड प्रतियोगिता अर्न्तर्गत आइतबार भएको छात्रा भलिवलमा वीरभक्ति उमावि तार्कुघाटले प्रभात शान्तिपर्ूण्ा मावि बडागाउँलाई २-० ले हराएको छ । त्यस्तै जनविकास मावि चण्डीडाँडाले जनकल्याण मावि उदीपुरलाई २-० को सेटले हराएको छ ।
आइतबार भएको छात्र तर्फो भलिवल खेलमा जनविकास मा.वि. चण्डीडाँडाले जनविकास उच्च मावि बेसीशहरलाई २ सेटले पराजित गरेको छ । त्यस्तै सोमबार भएको खेलमा शान्ति उमावि कुन्छाले लमजुङ उच्च माविलाई २-० सेटले, भू.पू.सैनिक आउमावि बेसीशहरले जयदेवी मा.वि दुवारलाई २-१ सेटले, जनता मावि कुँडुलेले जनजागृति मा.वि. बाँझाखेतलाई शुन्यका विरुद्ध २ सेटले हराएका छन् ।
सोमबारै भएका प्रतियोगिताहरुबाट पाचोक मा.वि.लाई २-० ले हराउँदै महेन्द्रबाल विकास मावि भलायखर्क, बालकल्याण मा.वि. भकुण्डेलाई २-० ले हराउँदै गंगामिलन मावि मकैडाँडा, सरस्वती मा.वि. सिन्दुरेलाई २-० ले हराउँदै हिमालय मा.वि कोल्की, लक्ष्मी मा.वि मञ्ज्याङलाई २-० ले हराउँदै महेन्द्रमन्दिर मावि परेवाडाँडा र अर्थली प्याराडाइज अंग्रेजी स्कूललाई २-० को सेटले हराउँदै जनविकास मावि चण्डीडाँडा विजयी भएका छन् ।
यस अघि शनिबार प्रतियोगिताको जानकारी गराउन जिल्ला खेलकुद विकास समितिले एक पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको थियो । सो अवसरमा अध्यक्ष धर्मराज श्रेष्ठले प्रतियोगिता सञ्चालन गर्न ३ लाख ५० हजार खर्च लाग्ने तर राष्ट्रिय खेलकुद परिषदले बजेट जम्मा डेढलाख रुपैयाँ मात्र पठाएको बताउनुभएको थियो । उहाँले नपुग रकम जिल्ला विकास समिति, उद्योग बाणिज्य संघ, गाउँ विकास समितिहरुसंग माग गरिएको बताउनुभयो ।
No comments:
Post a Comment