बैशाख १४
बेसीशहर- तोकिएको समयमै संविधान निर्माण, शान्ति प्रक्रियालाई निष्कर्षा पुर्याउन र लडाकु ब्यवस्थापनका लागि दवाव दिन नेकपा एमाले लमजुङले २० हजार जनाको हस्ताक्षर संविधान सभामा पठाएको छ ।
जिल्लाका ६१ वटै गाउँ विकास समितिबाट गत चैत्र २० गतेदेखि संकलन गरिएको हस्ताक्षरलाई एमालेले गत मंगलबार जिल्ला प्रशासन कार्यालयमार्फ संविधान सभामा पठाएको हो । एमालेले वाईसीएलको अर्धसैनिक संरचनाको अन्त्य गराउन, एकीकृत माओवादीलाई जनताको पार्टर्ीीे रुपमा रुपान्तरण गराउन तथा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गराउने विषयमा समेत दवाव सिर्जना गरिएको बताएको छ । लगायतका विषयमा दवाव सिर्जना गर्ने उद्देश्यले एमालेले राष्ट्रब्यापी रुपम
नेकपा एमालेका अध्यक्ष जमीन्द्रमान घलेको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम लामिछानेलाई सो हस्ताक्षर बुझाएको थियो । शान्ति र नयाँ संविधान, राष्ट्रिय एकताको लागि एमालेको अभियान भन्ने नारा लिएर सम्पन्न गरिएको हस्ताक्षर संकलन तथा दवाव कार्यक्रमको समापनका अवसरमा बोल्दै एमाले लमजुङका अध्यक्ष जमीन्द्रमान घलेले तोकिएकै समयमा संविधान निर्माणका लागि एमालेको अभियानमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । अन्य काम थाती राखेर संविधान निर्माणमा केन्द्रित हुन सभासद्हरुलाई आग्रह गर्दै घलले देशलार्इर्र्निकास दिनका लागि राजनीतिक दलहरुबीच सहमति हुनुको विकल्प नभएको औंल्याउनुभयो । उहाँले सरकार भन्दा संविधान महत्वपर्ूण्ा भएकाले सरकार टिकाउने र गिराउने खेल नखेल्न राजीतिक दलका नेताहरुसंग आग्रह गर्नुभयो ।
अभियान अर्न्तर्गत आगामी बैशाख १८ गते नेकपा एमालेले बेसीशहरमा बृहत आमसभाको आयोजना गर्ने भएको छ । सभामा एमालेका वरीष्ठ नेता खड्गप्रसाद शर्मा ओलीले सम्बोधन गर्ने एमाले लमजुङले जनाएको छ ।
No comments:
Post a Comment