scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, June 2, 2010

भ्रामक समाचार आयो भन्दै पत्रिका जलाइयो

बेसीशहर जेठ १८-


आफ्नो पार्टर्ीीवरुद्ध भ्रम सिर्जना गराउने गरी समाचार प्रकाशन गरेको भन्दै एकीकृत नेकपा माओवादीका कार्यकर्ताले काठमाण्डौंबाट प्रकाशन हुने नागरिक दैनिक जलाएका छन् । भरतपुर स्थित वीपी कोइराला क्यान्सर अस्पतालका निर्देशक भक्तमान श्रेष्ठको अपहरण माओवादीबाट भएको भन्ने समाचार छापेको विरोधमा माओवादीहरुले सो पत्रिका जलाएका हुन् ।

एकीकृत नेकपा माओवादी लमजुङका सेक्रेटरी मोहनहरि पौडेललगायतका माओवादी कार्यकर्ताले बेसीशहरको सेराचोकमा एक कार्यक्रमको आयोजना गरी पत्रिका जलाएका हुन् । सो क्रममा माओवादीलाई बदनाम गर्न, वर्तमान सरकारलाई टिकाइराख्न र संविधानसभा भाँड्नका लागि नागरिक दैनिक पत्रिका उद्यत रहेको आरोप लगाइएको थियो ।

समाचार छापिएकैे विरोधमा पत्रिका जलाइनु राम्रो नभएको भन्दै जिल्लाका सञ्चारकर्मीहरुले निन्दा गरेका छन् ।

No comments:

Post a Comment