बेसीशहर जेठ १८-
मनाङमा अत्याधुनिक प्रविधिको नेक्स्ट जेनेरेशन नेर्टवर्क प्रणालीको एक्सचेञ्ज जडित टेलिफोन संचालनमा आएको छ ।
नेपाल टेलिकम काठमाडौंको स्वीचिङ आयोजना कार्यान्वयन विभाग, स्याटलाइट सेवा निर्देशनालय तथा दूर सञ्चार कार्यालय पोखराका प्राविधिकहरुले नयाँ प्रविधि जडान गरेका थिए ।
अब मनाङ सदरमुकाम चामेका टेलिकमका ग्राकहरुले प्रयोग गर्ने टेलिफोनमा टेलिफोनका मिटर रिडिङ, कलर आई डी, फ्याक्स र डायलअप इन्टरनेट चलाउन सक्ने छन् । अत्याधुनिक प्रविधि जडान गरिएपछि हिउँदका बेलामा टेलिफोन नै सञ्चालन नहुने समस्याको समेत अन्त्य भएको टेलिकम मनाङका प्रमुख ङमिाङटिु लामाले जानकारी दिनुभयो ।
यसअघि रहेको भारतको इण्डियन सिडट् एक्सचेञ्जमा यो सुविधा थिएन । यसअघि इण्डिन कम्पनीको एक्सचेञ्चबाट एक सय ५२ वटा मात्रै टेलिफोन चल्थे भने नयाँ प्रविधि जडान भएपछि त्यो सङ्ख्या बढेर दर्ुइ सय २३ पुगेको छ । यस्तो अत्याधुनिक प्रविधि यसअघि नेपालमै पहिलो पटक मुस्ताङमा मात्रै प्रयोग गरिएको थियो ।
यसअघि टेलिफोनमा डायल नआउने, बीचमै फोन काटिने समस्या भोगेका चामेका स्थानीय बासिन्दाले अब त्यो समस्याबाट मुक्त हुने विश्वास गरेका छन् । नयाँ प्रविधिको जडानसंगै मनाङमा एडीएसएल प्रविधि समेत सञ्चालनमा ल्याउन तयारी सुरु गरिएको टेलिकम मनाङले जनाएको छ । एडीएसएल प्रविधिवार्टर् इन्टरनेट संचालन भएपछि सवैभन्दा बढी पर्यटकलाई फाईदा पुग्ने छ ।
No comments:
Post a Comment