scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, June 2, 2010

सहिद परिवारको विरोध

बेसीशहर जेठ १८-


जनआन्दोलनमा छानबिन आयोगले दोषी ठहराएका व्यक्तिलाई सरकारले पुरस्कृत गरेकोमा सहिदपरिवार, जनआन्दोलनका घाइते र र्सवसाधारणबाट चर्को विरोध उठेको छ ।

सहिद तथा घाइते परिवारले गणतन्त्र दिवसका उपलक्ष्यमा सहिदप्रति अपमान हुनेगरी लोकतान्त्रिक आन्दोलनका दोषीलाई पुरष्कृत गर्ने निर्ण्र्ााअबिलम्ब पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका छन् ।

यसको विरोधमा प्रधानमन्त्री माधवकुमार नेपालसमक्ष सोमबार ज्ञापनपत्र बुझाउन गएका सहिद तथा घाइते परिवारले गत जनआन्दोलन दबाउने सिलसिलामा आफ्ना श्रीमान् तथा छोरालाई गोली हानी कारवाहीमा परेका सेना तथा प्रहरी अधिकारीलाई विभूषण प्रदान गरिएको भनी आपत्ति प्रकट गर्दै सहिदको सपना विपरित भएको सो निर्ण्र्ाानसच्चिए आन्दोलनमा उत्रिनेे चेतावनी दिए । सो अवसरमा सहिद वासुदेव घिमिरेको श्रीमती सुनिता घिमिरेले जनआन्दोलनका कारण वर्तमान सरकारमा आसिन व्यक्तिहरूले सहिदको अपमान गरेकोमा दुःख व्यक्त गर्नुभयो । सहिद प्रद्युम्न खड्काको श्रीमती प्रभा खड्काले जनआन्दोलन दबाउन भूमिका खेलेका व्यक्तिहरूलाई सरकारले गरेको सम्मानले लोकतन्त्रलाई समेत अपमान गरेको बताउनुभयो ।

सहिद सगुन ताम्राकारकी आमा जया ताम्राकारले राज्यले सहिद र जनआन्दोलनका घाइतेलाई केही गर्न नसकेपनि आयोगले दोषी ठहर्‍याएका व्यक्तिलाई सरकारले पदक दिने निर्ण्र्ाााई तुरुन्त सच्चाउन पर्ने बताउनुभयो ।

सरकारले गते १५ गते गणतन्त्र दिवसको अवसर पारेर सशस्त्र प्रहरी नायवमहानिरीक्षक दोर्जेकुमार र्राई र पर्ूवप्रधानसेनापति रुकमाङ्गद कटुवाल लगायतलाई पदक दिने निर्ण्र्ाा गरेको थियो ।

No comments:

Post a Comment