scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Thursday, June 24, 2010

लोकराज मा.वि.मा पुनः हिस्टेरिया

बेसीशहर-असार ८

चिती गाउँ विकास समिति वडा नं. ५, कार्कीडाँडास्थित लोकराज आदर्श माध्यमिक विद्यालयका छात्राहरुमा पुनः मास हिस्टेरिया देखा परेको छ ।

विद्यालयमा आएका विद्यार्थीहरु रुने, हाँस्ने, कराउने, बर्बराउने, काम्ने र पछि बेहोस् हुने गरेका छन् । विगत एक महिनायता कक्षा ३ देखि १० सम्मका छात्राहरुमा यो समस्या देखिएपछि विद्यालयको पठनपाठन समेत प्रभावित बनेको थियो । विद्यालयमा आएका विद्यार्थीहरु मध्ये दैनिक ५-६ जनासम्म वेहोस हुने गरेको विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर बस्नेतले बताउनुभयो ।

विद्यालयमा यस्तो समस्या देखिएपछि लमजुङ जिल्ला सामुदायिक अस्पतालका डाक्टर शैलेन्द्र महर्जनको नेतृत्वमा स्वास्थ्यकर्मीहरुको टोली विद्यालय पुगेको थियो । परीक्षणमा छात्राहरुको अवस्था सामान्य रहेपनि बेलाबेलामा पुन दोहोरिने चिकित्सकहरुले वताएका छन् ।

विद्यालय आएपछि मास हिस्टेरियाको लक्षण देखिने र घरमा पुगेपछि हराउने भएकाले विद्यार्थीहरु विद्यालय आउन छाडेका थिए । झण्डै तीनसय ३० जना विद्यार्थी अध्ययनरत सो विद्यालयमा लगातार ३ बर्षेखि बर्षोनी छात्राहरुमा मास हिस्टेरियाको समस्या देखा पर्दै आएको छ । हाल मास हिस्टेरिया देखिएका विद्यार्थीहरु सामान्य रहेका र विद्यालय सुचारु भएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शिव जोशीले बताउनुभयो ।

No comments:

Post a Comment