scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Thursday, June 24, 2010

नक्कलीलाई २५ हजार जरिवाना

बेसीशहर-असार ८


सुन्दबजारमा प्रहरीद्वारा पक्राउ गरिएका दर्ुइ जना नक्कली परीक्षार्थीलाई जिल्ला अदालत लमजुङले जनही २५/२५ हजार रुपैँया जरिवाना गरेको छ ।

जिल्ला न्यायधीस अच्युतप्रसाद भण्डारीकोर् इजलासले देव गुरुङको सट्टामा परीक्षा दिने राजाराम गुरुङ र आफ्नो परीक्षा राजारामलाई दिन लगाउने देवलाई १२ दिनको प्रहरी हिरासत पछि मुक्त गरेको हो ।

सुन्दरबजारस्थित आदर्श बाल उच्च मावि केन्द्रमा कक्षा ११ को नेपाली विषय परीक्षामा देव गुरुङको ठाउँमा राजाराम गुरुङले परीक्षा दिँदै गरेको अवस्थामा गत जेठ १९ गते प्रहरीले पक्रेको थियोे ।

No comments:

Post a Comment