बेसीशहर-असार ८
लमजुङको घनपोखरा गाउँ विकास समिति वडा नम्बर ९, नाँयूवाट गत बिहीबार दिउँसो अपहरणमा परेकी भनिएकी बालिका वास्तवमा अपहरणमा परेकी नभै गाउँबाट मोबाइल र पैसा चोरेर भागेको खुलासा भएको छ ।
घनपोखरा गाविसको वडा नंं ९, स्थायी घर भई जनप्रिय प्राथामिक विद्यालय कक्षा २ मा पढ्दै गरेकी १४ बषिर्या सुकमाया विश्वकर्माले आफूलाई घनपोखरा र घलेगाउँका युवाले गाउँबाट अपहरण गरी ल्याएर बेसीशहरमा अलपत्र छाडेको बताएकी थिइन् ।
उनले बेसीशहरमा आफू
अपहरणमा परेको कुरा बताएपछि यसबारे प्रहरीले जाँचबुझ गर्दा उनी अपहरणमा नपरेको खुल्न आएको हो । उनको बयानपश्चात घट्नास्थलमा पगेको प्रहरीले जाँचबुझ गर्दा उनी गाउँमा झुटो बोल्न नामुद रहेको खुलेको हो । घटनास्थल पुगी र्फकनुभएका खुदी प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक परशुराम जोशीका अनुसार ती बालिकाले ले गाउँकै जसमाया गुरुङ -जुम्ली माइली)को घरबाट एक थान नोकिया मोबाइल चोरी गरेकी थिइन् । घरमा नबस्ने, गाउँमा झुट बोल्ने, चोरी गर्ने गरी गाउँलेहरु उनीदेखि दिक्क भएका पनि अनुसन्धानबाट खुलेको उहाँले बताउनुभयो ।
त्यसैगरी उनले चोरेको मोबाइल समेत बेसीशहरका एकजनालाई एकसय रुपैयाँमा विक्री गरेको खुल्न आएको छ । सदरमुकामको भीडभाडमा खर्च सकिएर अलपत्र परेकी र गाउँ जान पनि चोरी गरेको थाहा पाउलन भनि उनले आफू अपहरणमा परेको नाटक गरेको हुन सक्ने अनुमान गरिएको छ ।
हाल उनलाई सदरमुकाम वेसीशहरस्थित द्वन्दपीडित बालवालिकाको संरक्षण गृहमा राखिने ब्यवस्था मिलाईएको छ ।
No comments:
Post a Comment