scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Thursday, June 24, 2010

घरेलु हिंसा न्युनिकरणका लागि ग्रामीण क्षेत्रबाटै पहल गरिनुपर्ने

बेसीशहर-असार ८


घरेलु तथा लैङ्गकि हिंसाको न्युनिकरणका लागि ग्रामीण क्षेत्रबाट पहल थालिनुपर्ने धारणा बेसीशहरमा आयोजित एक कार्यक्रमका सहभागीहरुले राख्नुभएकोे छ ।

महिला विकास कार्यालय लमजुङद्वारा बेसीशहरमा आयोजित लैङ्गकि हिंसासम्बन्धी एक कार्यक्रमका सहभागीहरुले यस्तो धारणा राख्नुभएको हो ।

कार्यक्रममा तुलनात्मक रुपमा शहरबजारभन्दा ग्रामीण क्षेत्रमा यस्ता घटना धेरै घट्ने गरेका र ती घट्नाका बारेमा औपचारिक रुपमा जानकारी सम्बधित निकायमा आउन नसकेको बताइएको थियो । त्यस किसिमका घटनाको उजुरी नपर्ने र सानातिना घट्ना भनि स्थानीयस्तरमै मिलाइने कारण यस्ता घटनाको यकिन विवरणसमेत आउन नसकेको कार्यक्रममा बताइएको थियो ।

अंश वण्डा, पारिवारिक कलह जस्ता कारणले लैङ्गकि तथा घरेलु हिंसाका घटना हुने गरे पनि यसको निराकणका लागि स्थानीयस्तरबाटै पहल शुरु गरिनुपर्ने धारणा सहभागीहरुले राख्नुभएको थियो ।

कार्यक्रममा पारिवारिक झगडा, सामाजिक कुरितीका कारण घरेलु हिंसाका घटना बढ्न गरे पनि प्रहरी प्रशासनसम्म ती घटनाको खबर नहुँदा दोषीलाई कारबाही हुन नसकेको गुनासो आएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी होमनाथ थपलिया,प्रहरी नायव उपरीक्षक प्रकास अधिकारी, जिल्ला न्यायाधिवक्ता बालकृष्ण वाग्ले, महिला विकास अधिकृत विद्या भट्टचनलगायत चुनिएका केही पत्रकार, मानव अधिकार कर्मीहरुको सहभागिता थियो ।

No comments:

Post a Comment