scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, June 2, 2010

सबैको भएन गणतन्त्र दिवस

बेसीशहर जेठ १८-


नेपाली जनताको त्याग र बलिदानबाट नेपाल संघीय गणतन्त्रमा प्रवेश गरे पनि प्राप्त गणतन्त्र सबैको साझा हुन नसकेको गणतन्त्र दिवसले पुष्टि गरेको छ ।

गणतन्त्र दिवसका अवसरमा शनिबार बेसीशहरमा दल देखिएका विभिन्न दृष्यले यस्तो पुष्टि गरेको हो । गणतन्त्र दिबसका अबसरमा गणतन्त्र दिवस मूल समारोह समिति लमजुङ र एकीकृत नेकपा माओवादीले छुट्टा छुट्टै कार्यक्रम गरी गणतन्त्र दिवस मनाए पछि यस्तो पुष्टी भएको हो । गणतन्त्र दिवसका दिन एकीकृत नेकपा माओवादीले फूलवारी मञ्चमा संविधानको मस्यौदा र्सार्वजकि गर्‍यो भने स्थानीय विकास अधिकारीको संयोजकत्वमा रहेको मूल समारोह समितिले प्रवचन कार्यक्रमको आयोजना गरेको थियो ।

गणतन्त्र दिवस मूल समारोह समितिको आयोजनामा बेसीसहरको मनाङ्गे चौताराबाट शुरु भएको प्रभातफेरि जिविस सभाहलमा पुगेर टुङ्गीएको थियो ।

र्‍यालीमा विद्यार्थी, सुरक्षा निकाय र सरकारी कर्मचारीको न्युन उपस्थीति रहेको थियो । उपस्थित विद्यार्थी पनि अर्थ्ली बोडिङ स्कूलका मात्र थिए । प्रवचन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी होमनाथ थपलिया, नेपाली कांग्रेसका सभापति तुलसीनारायण श्रेष्ठ, नेकपा एमाले क्षेत्र नं. २ का अध्यक्ष बामदेव अधिकारी, राप्रपाका अध्यक्ष बालचन्द्र श्रेष्ठले मन्तब्य राख्नुभएको थियो ।

बक्ताहरुले गणतन्त्र संस्थागत गर्न सम्पर्ुण्ा राजनैतिक दल, नागरिक समाज, सञ्चारकर्मी सवै संगै मिलेर अघि बढ्नुपर्ने धारणा राख्नु भएको थियो । मुलुकमा गणतन्त्र स्थापना भएपनि र्सवसाधरणले गणतन्त्रको अनुभुती गर्न नपाएको उहाँहरुको भनाई थियो । सो कार्यक्रममा एकीकृत नेकपा माओवादीले भने सहभागिता जनाएको थिएन । कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपाका नेता र कर्मचारीबाहेक र्सवसाधारणहरुको उपस्थिति थिएन । गणतन्त्र, लोकतन्त्र र प्रजातन्त्र दिवस मनाउँदा राजनैतिक दलको उपस्थिति नहुँदा यी उत्सव कर्मचारी र अबोध विद्यार्थीको मात्रै जस्तो भएको स्थानीय विकास अधिकारी पेशल कुमार पोखरेलले कार्यक्रममै गुनासो गर्नुभएको थियो ।

माओवादीद्वारा संविधानको मस्यौदा र्सार्वजनिक

छुट्टै कार्यक्रम गरेर गणतन्त्र दिवस मनाउने क्रममा एकीकृत नेकपा माओवादीले नयाँ संविधानको मस्यौदा र्सार्वजनिक गरेको छ ।

पार्टर्ीी उपाध्यक्ष डा. बाबुराम भट्टराइको संयोजकत्वमा गठित समितिले तयार पारेको मस्यौदा गणतन्त्र दिवसको अबसरमा लमजुङ सदरमुकाम बेसीसहर लगायत ७५ वटै जिल्लामा एकैदिन र्सार्वजनिक गरिएको थियो । बेसीशहरको सभामा केन्द्रीय सदस्य सुरेश आलेमगरले मस्यौदा र्सार्वजनिक गर्नुभएको थियो ।

"जनताको संघिय गणतन्त्र नेपालको संविधान-२०६७" नाम दिइएकोे उक्त संविधानमा ९ अनुसुचि, १९ भाग र २७३ धारा रहेको आलेमगरले बताउनुभयो । "जनताको धारणा बुझ्न मात्र संविधानको मस्यौदा प्रस्तुत गरिएको हो- आलेमगरले भन्नुभयो, "यो नै राज्यको मुल संविधान भने हैन ।"

माओवादीले प्रस्तुत गरेको संविधानको मस्यौदाको प्रस्तावनामा जनयुद्ध, दोस्रो जनआन्दोलन र मधेश आन्दोलनलाई रुपमा उल्लेख गरिएको छ । मस्यौदामा राष्ट्रिय झण्डा फर्ेर्ने, क्रान्तिकारी भुमिसुधार तथा वितरण, शिक्षा नितिमा पर्ुनसंरचना, कर्यकारी राष्ट्रपतिय पद्धति, एक सदानात्मक ब्यबस्था र बहुसदस्यीय प्रणाली -२०१ सदस्य), १८ वर्षपुगेका नागरिकलाई अनिवार्य सैन्य तालिम दिनुपर्ने लगायत मुख्य छन् ।

केन्द्रीय सदस्य आलेमगरले जातीय आधारमा बनाइएका संघीय राज्यमा दुइ कार्यकाल सम्म सोही जातीको ब्यक्ति मुख्यमन्त्री बन्नुपर्ने प्रावधान अघि सारिएको बताउनुभयो । उहाँले भन्नुभयो, "त्यसपछि अन्य जातिका पनि मुख्य मन्त्री बन्न पाउनेछन् । तर, मन्त्रीमण्डल भने समाबेसी बनाइनुपर्ने छ ।"

सभामा सभासद बुद्धीराम तमु, ज्ञानेन्द्र कुमाल, एकीकृत नेकपा माओवादी लमजुङका इन्चार्ज देवेन्द्र पराजुली, सेक्रेटरी मोहनहरि पौडेल, क्षेत्रीय अध्यक्ष राजु थापा र मेख बहादुर भण्डारीले आ-अफ्नो विचार राख्नुभएको थियो ।

No comments:

Post a Comment