बेसीशहर जेठ १८-
चन्दा नदिएको भन्दै एकीकृत नेकपा माओवादीको भातृसंगठन वाइसिएलका कार्यकर्ताले चारजनालाई कुटपीट गरेका छन् ।
सदरमुकाम बेसीशहरतर्फआउँदै गर्दा गत शुक्रबार वाइसिएल कार्यकर्ताले श्रीमञ्ज्याङको लामावगरमा नेपाल शिक्षक संघ लमजुङका सदस्यद्वय श्रीमञ्याङ निवासी बासुदेव घिमिरे तथा विचौर निवासी मेघनाथ दवाडी र पर्ूव शिक्षकहरु हरिश्चन्द्र पण्डित तथा माधवप्रसाद वाग्लेमाथि सांघातिक आक्रमण गरी मरणासन्न हुने गरी कुटपीट गरेका नेपाल शिक्षक संघले जनाएको छ ।
घटनाको विषयमा नेपाल शिक्षक संघ, नेपाल शिक्षक युनियन र नेपाल राष्ट्रिय शिक्षक संगठनले विज्ञप्ती प्रकाशित गरी विरोध जनाएका छन् । विज्ञप्तीमा जनताको त्याग र बलिदानबाट निरंकुश राजतन्त्रको अन्त्य भई राष्ट्र लोकतान्त्रिक गणतन्त्रतर्फउन्मुख भइरहेको वर्तमान समयमा हरेक नागरिकले स्वतन्त्रतापर्ूवक आफ्नो ब्यवसाय सञ्चालन गर्न, पेशामा निर्वाध रुपमा काम गर्न, र स्वभीमानपर्ूवक बाँच्न पाउनु पर्नेमा भिन्न विचार लिएकै कारण अभद्र ब्यवहार गरिनुलाई निरंकुशताको पराकाष्टको संज्ञा दिइएको छ ।
विज्ञप्तीमा संविधानसभाबाट सबभन्दा ठूलो दल बनेको एकीकृत नेकपा माओवादी र उसका कार्यकर्ताले बृहत शान्ति सम्झौता विपरित चन्दा आतंक मच्चाएर शिक्षक जस्तो पवित्र क्षेत्रमा काम गर्ने शिक्षकहरुलाई मानसिक रुपमा आतंकित बनाइए भौतिक आक्रमण गर्नाल उनीहरुको पुरानो चरित्र उदांगो भएको टिप्पणी गरिएको छ । विज्ञप्तीमा वाइसिएलको ब्यवहार र अभद्र क्रियाकलाप प्रति खेद प्रकट गर्दै घटनाको निष्पक्ष छानवीन गरी दोषीउपर कडा कारबाही गर्न, घाइते शिक्षकहरुको उपचारको ब्यवस्था गर्न र सम्पर्ूण्ा शिक्षकहरुको जीउ धनको सुरक्षा गर्न सम्बन्धित निकायसंग आग्रह गरिएको छ ।
साथै विज्ञप्तीमा आगामी दिनमा कुनै पनि राजीतिक दल, ब्यक्ति वा समूहले शिक्षकहरुमाथि डर, धम्की र त्रास देखाएर जबर्जस्ती चन्दा नलिन अनुरोध गरिनुका साथै घटना पुनः दोहोरिएमा सम्पर्ूण्ा शिक्षकहरु चुप लागेर नबस्ने चेतावनी दिइएको छ ।
घाइते दवाडी पाचोक माविमा र घिमिरे मण्डली प्रावि पाचोकका शिक्षक हुन् । पण्डित पर्ूव शिक्षक तथा ने.का. श्रीमञ्ज्याङ गाउँ समितिका सभापति हुन् । उनीहरुसंग वाइसिएल कार्यकर्ताले चन्दा दिनुपर्ने माग राख्दै नदिए गाउँ र विद्यालयबाट खेद्ने धम्की दिएका शिक्षक संघले जनाएको छ ।
No comments:
Post a Comment