बेसीशहर-असार ८
विद्यार्थी विरामी परेपछि बन्द भएको बाँझाखेत गाउँ विकास समितिको गाउँभाचोक स्थित हिमज्योती प्राथामिक विद्यालय खुलेको छ ।
विद्यालयमा अध्ययनरत ३६ विद्यार्थीमध्ये २७ जना विरामी भएपछि विद्यालय बन्द गरिएको थियो । विरामी विद्यार्थीहरुमा टाउको दुख्ने, शरीर तात्ने, आँखाबाट आँशु बग्ने, सिंगान आउने लगायतका समस्या देखिएको प्रधानाध्यापक मोत्रि्रसाद गुरुङले बताउनुभयो । विद्यार्थीहरु समयसमयमा अचेत समेत हुने गरेको प्रअ गुरुङले बताउनुभयो । विद्यार्थीसंगै गाउँका अन्य ब्यक्तिहरुपनि विरामी परेका थिए ।
गाउँमा एक्कासी अनौठो रोग फैलिएपछि बाँझाखेत उप स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी उपचारमा खटिएका थिए । उपचारमा संलग्न कमला थापा र मेत्रकाशी घलेले विद्यार्थीमध्ये केहीलाई जण्डिस र र्टाईफाईड भएको बताउनुभयो ।
No comments:
Post a Comment