scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Thursday, July 1, 2010

१२ बर्षछि फक्र्यो खोलो

बेसीशहर-असार १७

१२ बर्षछि त खोलो पनि र्फकन्छ भन्ने उखान नेपाली समाजमा निकै प्रचलित छ । यो उखान पश्चिम लमजुङका ८ वटा गाविसमा र्सार्थक हुने तरखरमा छ ।

पश्चिम लमजुङका ११ वटा गाविसमा विद्युतीकरण गर्नका लागि १२ बर्षअघिदेखि गरिएको प्रयास बल्ल र्सार्थक हुन लागेपछि उखानले पनि र्सार्थकता पाएको हो ।

पश्चिम लमजुङका भोर्लेटारर्,र् इशानेश्वर, बाँग्रे, धुसेनी, नेटा, पुरानोकोट, नाल्मा, सिन्दुरे, दुराडाँडा, तार्कु, र चन्द्रेश्वर गरी ११ वटा गाविसमा एकैसाथ विजुली बत्ती बाल्ने योजना अनुसार २०५५ सालमा पश्चिम लमजुङ विद्युत उपभोक्ता समितिको गठन भई काम शुरु गरिएको थियो ।

०६० सालसम्म पश्चिम लमजुङमा विजुली बाल्नका लागि नेपाल विद्युत प्राधिकरणले पनि काम गरेको थियो । ०६० सालयता पनि विद्युतीकरणका लागि झण्डै १ करोड ७० लाख रुपैयाँ खर्च भैसकेको समितिले जनाएको छ ।

११ बर्षम्म गाउँ विकास समिति, जिल्ला विकास समिति, राष्ट्रिय योजना आयोग, नेपाल विद्युत प्राधिकरण लगायतको सहयोगमा ती गाउँमा विद्युतीकरण गर्ने प्रयास भइरहेको थियो । तीमध्ये दुराडाँडा, चन्द्रेश्वर र तार्कु गाविसका केही भागमा यस अघि नै विजुली पुगीसकेको छ । बाँकी गाविसहरुमा विद्युत पोल गाड्ने, तार टाङ्ने र एक गाविसमा एक ट्रान्सर्फमर जडान गर्ने काम सकिएको थियो ।

स्थानीय बासीन्दा र विद्युत उपभोक्ता समितिको अथक प्रयास पछि विजुली नपुगेका बाँकी ८ गाविसमा पनि आगामी साउनको पहिलो सातासम्म विजुली बल्ने प्रायः निश्चित भएको छ । १२ बर्षो प्रयासमा गाउँमा बल्ल विजुली बल्न लागेपछि स्थानीय बासी खुशीले गद्गद् भएका छन् ।गाउँमा विजुली बाल्नका लागि ठेकदारले पैसाको अभावमा काम ढिलो गर्न थालेपछि भोर्लेटार, बाँग्रे र धुसेनीका उपभोक्ताले ठेकदारलाई आवश्यक सामाग्री खरीद गर्न ऋणसमेत दिएका छन् ।

हाल पश्चिम लमजुङ विद्युत उपभोक्ता संस्थाले ११ वटा गाविसमा जडान गरेको प्रत्येक ट्रान्सर्फमरमा चार्ज गरिएको छ । ती गाविसका बाँकी १३ स्थानमा थप ट्रान्सर्फमर जडानका लागि गाउँलेहरु आफैले किनेर ल्याएका समितिका अध्यक्ष मेघराज पौडेलले बताउनुभयो । उहाँका अनुसार नाल्मा, सिन्दुरे, भोर्लेटारमा २/२ वटा र नेटामा १ ट्रान्सर्फमर उपभोक्ताहरु आफैले खरिद गरी ल्याएका छन् ।

विद्युत सेवा सुरु भएपछि पश्चिम लमजुङ विद्युत उपभोक्ता संस्था पनि लमजुङ विद्युत उपभोक्ता संस्थाकै अनुसार चल्ने भउको छ । भोर्लेटारमा मुख्य कार्यालय रहने संस्थाको नेटा र सिन्दूरेमा पनि शाखा कार्यालय रहने अध्यक्ष पौडेलले बताउनुभयो । अहिले संस्थाको कार्यालयमा मिटर माग गर्ने उपभोक्ताको चाप रहेको छ ।

No comments:

Post a Comment