scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, June 2, 2010

काठमाण्डौंबाट बेसीशहर आउन १ महिना !

बेसीशहर जेठ १८-


काठमाण्डौंबाट लमजुङ बेसीशहर आउन बसमा ५/६ घण्टा मात्र लाग्छ । तर त्यही काठमाण्डौंबाट चिठी पत्र लमजुङ आउँदा १ महिनाभन्दा बढी लाग्यो भन्दा जो कोहीलाई पनि विश्वास नलाग्न सक्छ तर यो सत्य हो ।

छिटो छरितो र भरपर्दो सेवा दिने भनि खोलिएको कुरियर कम्पनीहरुको लापार्वाहीले काठमाण्डौंबाट गत बैशाख ६ गते पठाइएको पत्र जेठको १२ गते मात्र लमजुङ आइपुगेको छ । सेवा ढिलो हुँदा हुलाकको विश्वसनीयता घट्दै गएको अबस्थामा आजको भोलि नै सेवा दिने नाममा खोलिएका कुरियर कम्पनीहरुको सेवा झनै निम्नकोटीको पाइएको छ ।

राष्ट्रिय समाचार समितिले लमजुङस्थित आफ्ना समाचारदाताहरुलाई वर्ल्डवाइड कुरियार र्सर्भिसमार्फ वैशाख ६ गते पठाएको पत्र जेठ १२ गते मात्र सदरमुकाम बेसीशहर आइपुगे पछि कुरियर कम्पनीहरुको लापार्वाही बाहिर आएको हो । कुरियर कम्पनीहरुले पत्र आएपछि प्रापकको ठेगानासम्म पत्र पुर्‍याउनु पर्नेमा त्यसो नगरी पत्र आएको जानकारी समेत नदिने गरेको पाइएको छ ।

राष्ट्रिय समाचार समितिले लमजुङस्थित दर्ुइ जना समाचारदाताहरुको म्याद थप गरी परिचय पत्र र म्याद थप गरिएको ब्यहोराको पत्र उक्त कुरियर र्सर्भिसमार्फ पठाएको थियो । राससको केन्द्रीय कार्यालयबाट पत्र पठाइए पनि नपाए पछि राससका समाचारदातार् इश्वर पाण्डे पत्र खोज्दै कुरियार कम्पनीका एजेण्टकहाँ पुगेपछि पत्र फेला परेको थियो । वर्ल्डवाइड कुरियरका एजेण्ट डोलराज विष्टले आफूकहाँ आइतबार मात्र पत्र आइपुगेको बताएका थिए ।

No comments:

Post a Comment