scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, June 2, 2010

अन्तराष्ट्रिय कलमा नया“ शुल्क

बेसीशहर जेठ १८-


नेपाल टेलिकमले आजदेखि लागु हुनेगरी आईपी प्रविधिमार्फ अन्तरराष्ट्रिय कल सेवा सञ्चालन गर्न लागेको छ ।

कम्पनीको जिएसएम प्रिपेड सेवा, सिडिएमए प्रिपेड सेवा तथा अन्तरराष्ट्रिय कल सुविधा भएको पिएसटिएन सेवा, जिएसएम पोस्टपेड सेवा, सिडिएमए पोस्टपेड सेवाबाट सस्तो र र्सवसुलभ रुपमा अन्तरराष्ट्रिय कल सञ्चालन गर्न लागेको हो ।यो सेवा प्रयोग गरी कुरा गर्दा उपभोक्ताहरुले समूह क अर्न्तर्गत पर्ने क्यानाडा, चीन, हङकङ, भारत, सिंगापुर, थाइल्यान्ड र अमेरिकामा प्रतिमिनेट रु.चार मात्र तिरे पुग्दछ । यस्तैगरी समूह ख अर्न्तर्गत पर्ने मलेसिया, दक्षिण कोरिया र मकाउका लागि प्रति मिनेट रु.छ र समूह ग अर्न्तर्गत पर्ने इजरायल, ताइवान, बङ्गलादेश र पाकिस्तानका लागि प्रति मिनेट रु.आठ मात्र तिरे पुग्छ ।

यस्तैगरी समूह घ अर्न्तर्गत पर्ने जापान र रुसका लागि प्रति मिनेट रु.१० र समूह ङ अर्न्तर्गत पर्ने यु.के. र अस्ट्रेलियाका लागि प्रति मिनेट रु.१२ मात्र तिरे पुग्ने व्यवस्था गरिएको छ ।

No comments:

Post a Comment