scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, June 2, 2010

राजीनामा पछि प्याकेजमा सहमति

बेसीशहर जेठ १८-


काठमाडौँ- एकीकृत नेकपा -माओवादी) को स्थायी समितिको बैठकले प्रमुख तीन दलबीच भएको तीनबुँदे सहमतिअनुसार वर्तमान गठनवन्धन सरकारका प्रधानमन्त्रीले अविलम्ब राजीनामा दिएपछि मात्र अन्य विषयलाई प्याकेजमै सहमति गर्ने कार्य अघि बढाइने निर्ण्र्ाागरेको छ ।

एमाओवादीको मुख्यालय कोटेश्वर पेरिसडाँडामा सोमबार बसेको सो बैठकले यही जेठ १४ गते भएको तीनबुँदे सहमतिलाई आ-आफ्नै ढङ्गले फरकफरकरूपमा व्याख्या गर्दै आइरहेकाले सोमा एकरूपता कायम गर्नुपर्नेमासमेत जोड दिएको बैठकपछि प्रवक्ता दीनानाथ शर्माले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । -एमाले)ले अघि सार्दै आइरहेका प्याकेजको सहमतिलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा समेत छलफल भएको उल्लेख गर्दै उहाँले तीनबुँदे सहमतिपछि पाँच दिनभित्र प्रधानमन्त्रीको राजीनामा आउनर्ुपर्नेमा जोड दिइएको बताउनुभयो ।

उहाँले काँगे्रस र एमालेले भावी प्रधानमन्त्रीसहितका विषयमा र्सवसम्मत निर्ण्र्ााप्याकेजमै नहुँदासम्म प्रधानमन्त्रीको राजीनामा नआउने भनाइ राख्दै आएकोमा आपत्ति जनाएको जानकारी दिनुभयो ।

तीनबुँदे सहमतिअर्न्तर्गत शान्तिप्रक्रियालाई र्सार्थक निष्कर्षा पुर्‍याउनका लागि थाँती रहेका काम अविलम्ब सम्पादन गर्न तथा नयाँ संविधान निर्माणको ऐतिहासिक जिम्मेवारी पूरा गर्नका लागि सहमति र सहकार्यका साथ अघि बढ्न मार्ग प्रशस्त गर्ने जनाइएको छ । रासस

No comments:

Post a Comment