scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, June 2, 2010

लोकतान्त्रिक, गणतान्त्रिक हु“दै सुकमान चोक

बेसीशहर जेठ १८-


लमजुङ सदरमुकाम बेसीशहरको मुटुमा रहेको भीमसेनस्थान चोकलाई लोकतान्त्रिक चोकबाट, गणतान्त्रिक चोक हुँदै हाल सुकमान गुरुङ चोक नामाकरण गरिएको छ ।

नेकपा एमाले निकटको अनेरास्ववियूले गत जेठ १४ गते बेसीशहरको भीमसेनस्थान चोकमा आयोजना गरेको नवौं सुकमान स्मृति दिवसका अवसरमा भीमसेनस्थान चोकलाई सहिद सुकमान गुरुङ चोक नामाकरण गरेको हो । यो चोकलाई दोस्रो जनआन्दोलनको सफलता लगात्तै लोकतान्त्रिक चोक र गणतन्त्र घोषणा भएपछि गणतान्त्रिक चोक भनिँदै आएको थियो ।

२०५८ साल जेठ १४ गते तत्कालीन सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालामाथि भ्रष्टचार गरेको आरोप लगाउँदै नेकपा एमालले गरेको आन्दोलनका क्रममा तत्कालीन नेकपा एमाले लमजुङ इलाका नं. ७ का इन्चार्ज तथा खुदी गाविसका अध्यक्ष सुकमान गुरुङको प्रहरीको गोली लागी मृत्यु भएको थियो ।

सुकमान चोक घोषणा सभामा अनेरास्ववियूका केन्द्रीय सदस्य दूधप्रसाद घले, गण्डकी अञ्चल सचिव हिरालाल वि.क., अनेरास्ववियू लमजुङका अध्यक्ष विवश बुढाथोकीले मन्तब्य राख्नुभएको थियो ।

ताप्लेजुङको घुन्सामा केही बर्षअघि हेलिकोप्टर दर्ुघटनामा परी निधन भएका वरीष्ठ विद्वान तथा भुगोलविद् डा. हर्क गुरुङको सालिक भीमसेनस्थानमा राख्ने निकै चर्चा भए पनि उहाँको सालिकलाई तमु संग्राहलयमा सारिएको थियो । तत्पश्चात पर्ूव प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको निधनपछि सो स्थानमा स्व. कोइरालाको सालिक राख्ने चर्चा पनि निकै चलेको थियो ।

सालिक राख्न र्सवपक्षीय सहमति चाहिने भए पनि सो स्थानमा स्व. सुकमान गुरुङका सालिक राख्न अनेरास्ववियूले कुनै राजनीतिक दल, प्रशासन, स्थानीयबासीसंग परामर्श नगरेकोले अनेरास्ववियूले भन्दैमा सो स्थान सुकमान चोक नहुने एमाले बाहेकका राजनीतिक दलले प्रतिक्रिया दिएका छन् ।

यस अघि बेसीशहरको सेराचोकलाई एकीकृत नेकपा माओवादीले पवित्रा चोक नामाकरण गरे पनि त्यसलाई स्थानीय बासीन्दा र अन्य राजनीतिक दलले मान्यता दिएका छैनन् ।

No comments:

Post a Comment