बेसीशहर जेठ १८-
लमजुङ विद्युत उपभोक्ता संस्थाको तेस्रो अधिवेशन तथा साधारणसभा बुधवारबाट शुरु हुँदैछ ।
अधिवेशनले नयाँ कार्य समितिको चयन गर्नेछ । अधिवेशनको पर्ूवसन्ध्यामा संस्थाको नेतृत्व कसले गर्ने भन्ने होडबाजी चलेको छ । लमजुङ र तनहूँमा गरी एकसय ३८ वटा ट्रान्सर्फमरबाट छानिएका अगुवा र कार्यसमितिबाट मनोनित १७ सदस्यले अधिवेशनमा मतदान गर्न पाउनेछन् । संस्थाको अधिवेशनका लागि एकसय ३८ ट्रान्सर्फमरमा भएको निर्वाचनमा नेपाली कांग्रेस समर्थित ७५ जना, नेकपा एमाले समर्थित ४५ जना, एकीकृत नेकपा माओवादी समर्थित १५ जना र राप्रपा समर्थित ३ जना ट्रान्सर्फमरका अगुवामा निर्वाचित भएका छन् ।
सरर्सर्ती हर्ेदा अधिवेशनबाट विगतमा झैं कांग्रेस उमेदवारले अध्यक्ष पद जित्ने पक्का पक्की देखिए पनि राम्रो उमेदवार खडा नगरे र कांग्रेस इतरका सबै दल एक भइ चुनाव लडेमा कांग्रेसले हार्ने सम्भावना पनि उत्तिकै देखिएको भन्दै विवेक पुर्याएर प्रत्यासी छान्न कांग्रेस जिल्ला नेतृत्वलाई दवाव परिरहेको छ । अध्यक्ष पदका लागि कांग्रेसबाट रामचन्द्र अधिकारी, जनकलाल श्रेष्ठ, श्रीकान्त घिमिरे र गंगालाल श्रेष्ठले दावी गरेका छन् । तर नेपाली कांग्रेस लमजुङले आफ्नो उमेदवारको औपचारिक घोषणा गरेको छैन । तथापि जनकलाल श्रेष्ठ र श्रीकान्त घिमिरेमध्ये एकजनाले अध्यक्ष पदका लागि उमेदवारी पाउने सम्भावना बढी रहेको बुझिएको छ ।
उता एमाले भने अध्यक्ष पदमा कसलाई उठाउने भन्ने निर्ण्र्ाागरेको छैन । अध्यक्ष पदमा जो आए पनि टाट पल्टिन लागेको लमजुङ विद्युत उपभोक्ता संस्थालाई पर्ूववत् अवस्थामा फर्काउन सक्ने आउनुपर्ने उपभोक्ताहरुको मत रहेको छ ।
No comments:
Post a Comment