बेसीशहर-असार १७
बेसीशहर- हामीले आफनो दैनिक जीवनमा सेवन गर्ने खानेकुरामा नूनको मात्रा घटाउन सके उच्च रक्तचापबाट धेरै हदसम्म जोगिन सक्ने चिकित्सकहरुले बताएका छन् ।
विश्वभरी सबभन्दा बढी मानिसको ज्यान लिने एक मात्र कारक तत्व उच्चरक्तचाप हा,े जसको कारण मस्तिष्कघात, हृदयाघात र जटिल मिर्गौलासम्बन्धी रोगको माध्यमबाट लाखौँ मानिसको मृत्यु हुने गरेको छ । नून -सोडिएम) को अत्यधिक सेवन नै उच्चरक्तचाप बढाउने प्रमुख कारक तत्व रहेको चिकित्सकहरु बताउँछन् ।
र् र्सवसाधारण जनतालाई नूनको सेवन घटाउन उचित सल्लाह दिन सकेमात्र पनि उच्च रक्तचापको समस्या घट्ने उनीहरु बताउँछन् । आजकाल जति नून खानेकुरामा मिसाएर र्सवसाधारण जनताले खाँदै आएका छन् त्यसको मात्रा आधामात्र घटाउन सकियो भने पनि त्यसले विश्वभरी मस्तिष्काघात, हृदयाघात र जटिल मिर्गौलासम्बन्धी रोगको कारणले मर्ने गरेका २५ लाख भन्दाबढी मानिसलाई प्रत्येक वर्षबचाउन सकिने चिकित्सकहरुको अनुमान छ ।
कुनै पनि पर्ूव लक्षण नदेखाई लाग्न सक्ने मन्द रोगको रूपमा उच्चरक्तचापलाई लिइन्छ । यस ज्यानमारा रोगले करिब ७० लाख मानिस प्रत्येक वर्षमर्ने गरेका छन् ।
चिकित्सकहरु भन्छन्- "सामान्यतया वयस्कमा १३५/८५ भन्दाकम रक्तचाप हुनु पर्दछ । त्यस भन्दाबढी देखिदै गयो भने जीवनशैली परिवर्तन गर्नै पर्दछ । समयमा नै उच्चरक्तचापबाट सचेत भई नियन्त्रण गर्न नसके उच्चरक्तचापले मानिसको ज्यान पनि लिनसक्छ ।"
उच्चरक्तचाप जति खतरनाक छ, त्यसलाई बढाउने नूनको अत्यधिक सेवन त्यतिकै खतराजनक भएकाले दुवैलाई अदृश्य मृत्युको कारक मानिएको नेपाल रक्तचाप नियन्त्रण समाजले जनाएको छ ।
No comments:
Post a Comment