बेसीशहर-असार १७
बेसीशहर- सशस्त्र द्वन्द्धका क्रममा क्षति भएका भौतिक संरचनाहरुको पुननिर्माण कार्यमा सम्बन्धित निकायले पर्याप्त चासो नदिए पछि द्वन्द्धको घाउ विर्सने र्सवसाधारणको चाहना पुरा हुन सकेको छैन ।
सशस्त्र द्वन्द्धका बेला तत्कालीन नेकपा माओवादीले लमजुङका ४ दर्जन भन्दा बढी गाविस भवन, दर्ुइवटा इलाका प्रहरी कार्यालय र आधा दर्जन बढी प्रहरी चौकी, रेञ्जपोष्ट लगायतका सरकारी भवनहरुमा क्षति पुर्याएको थियो । द्वन्द्धको समाप्ती पछि पनि ती संरचनाको पुनः निर्माण हुन नसक्दा तीतो अतितले र्सवसाधारण लाई अझै झस्काइ रहेको छ।
०५२ सालदेखि सशस्त्र युद्ध छेडेको तत्कालीन नेकपा माओवादीका छापामारले २०६० सम्म जिल्लाका ग्रामीण क्षेत्रमा रहेका सरकारी भवनहरुमा क्षति पुर्याउँदै आएको थियो । अहिले द्वन्द्ध मत्थर भए पछि पनि पनि यी भग्नावशेषहरुको पुननिर्माणमा सम्बन्धित निकायले
र्
पर्यप्त चासो देखाएको पाइँदैन ।
द्वन्द्धका क्रममा भत्किएका केही संरचनाको पुननिर्माणका लागि शान्ति मन्त्रालयले बजेट पठाए पनि पर्यप्त छैन । जिल्ला प्राविधिक कार्यालय लमजुङका अनुसार जिल्लाका तार्कुघाट, चिती, धुसेनी, बन्सारर्,र् इशानेश्वर, र्सर्ुयपाल, विचौर, नेटा, भोर्लेटार, बाहुनडाँडा, पाचोक, दुराडाँडा, ढोडेनी, उत्तरकन्या, फलेनी, हिलेटक्सार, इलमपोखरी, कोल्की र नौथर गाविसका भवनहरु द्वन्द्धका क्रममा पुरै क्षत्रि्रस्त भएका छन् । त्यस्तै सिन्दुरे, श्रीमञ्ज्याङ, जीता, घनपोखरा, अर्चलबोट, दूधपोखरी, धमिलीकुवा, राइनास मोहोरियाकोट, चण्डीस्थान, मालिङ लगायतका गाविस भवन, चक्रतर्ीथस्थित पशुसेवा केन्द्र, भोर्ेर्लेटारस्थित पशुसेवा केन्द्र, कृषि सेवा केन्द्र र रेञ्जपोष्ट, रम्घा , सुन्दरबजार, अर्चलबोट, धमिलीकुवा तथा बेसीशहरमा रहेका रेञ्जपोष्टहरुसमेत क्षत्रि्रस्त भएका थिए ।
यी क्षत्रि्रस्त संरचनाहरुको समयमै पुनःनिर्माण नहुँदा द्वण्द्धको घाउ बल्भिmएको महशुस र्सवसाधारण गरिरहेका छन् । यी संरचनाहरुको यथाशीघ्र पुननिर्माण गरिनुपर्ने माग र्सवसाधारणको छ ।
क्षत्रि्रस्त संरचनामध्ये शान्ति मन्त्रालयले पठाएको १९ लाख २९ हजार बजेटबाट गौंडास्थित गाविस भवन, १९ लाख ९६ हजारको लागतमा गौंडा पशुसेवा केन्द्र, १९ लाख ४५ हजारको लागतमा भोजे गाविस भवन, १९ लाख ८७ हजारको लागतमा नौथर र २९ लाख ९६ हजारको लागतमा खुदीस्थित कृषि सेवा केन्द्रको पुननिर्माण सम्पन्न भएको छ । त्यस्तै २९ लाख ९६ हजारको लागतमा राइनासकोट सिंचाइ भवन, १९ लाख ९३ हजारको लागतमा भुलभुले गाविस र १५ लाख ३९ हजारको लागतमा कुन्छा गाविसका
भवनको निर्माण कार्य सम्पन्न भएको जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर शिवमान श्रेष्ठले बताउनुभयो ।त्यसैगरी बाग्लुङपानी, तान्द्राङ टक्सार, रम्घा, करापु, चक्रतर्ीथ गाविसका भवनहरु यसै आर्थि बर्षाट शुरु भइ यसै बर्षसकिने क्रममा रहे पनि अन्य गाविस भवनका लागि भने बजेट नआएको श्रेष्ठले बताउनुभयो । गाविसहरुको भवन निर्माण तथा पुननिर्माणका लागि पर्यप्त बजेट नआउँदा जनताले भने सास्ती खेप्नु परेको छ । भवनहरु नहुँदा सचिवहरु सदरमुकाममा डेरा गरी बस्न बाध्य छन् । गाउँमा सचिव नहुँदा र्सवसाधारणहरुलाई सदरमुकाममा सचिवको खोजीमा भौंतारिरहनु परेको छ । सचिवहरु पनि कहिले गाउँबाट त कहिले सदरमुकाममा बसेर गाविसको काम चलाउनु पर्दा समस्या भएको बताउँछन् ।
No comments:
Post a Comment