बेसीशहर, साउन १७
नेपाली कांग्रेस लमजुङको १२ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । आइतबार दिउसोबाट शुरु भएको अधिवेशन सोमबार विहान साढे ३ बजे सम्पन्न भएका हो । अधिवेशनबाट निवर्तमान सभापित कृष्णप्रसाद कोइराला अत्याधिक बहुमतका साथ जिल्ला कार्य समितिको सभापतिमा निर्वाचित हुुनुभएको छ ।
अइतबार भएको निर्वाचनमा उहाँले ३ सय ९० मत प्राप्त गरी सभापति पदमा विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्धी चन्द्रबहादुर कुँवरले एकसय ६३ मत प्राप्त गर्नुभएको थियो ।
सभापति पदका लागि गमप्रसाद गुरुङ, डा. टकराज गुरुङ र डिकेन्द्र कँडेलले पनि उमेदवारी दिनुभएकोमा पछि तीनै जनाले फिर्ता लिएपछि कोइराला र कुँवरबीच प्रतिस्पर्धा भएको थियो ।
अधिवेशनबाट जिल्ला कार्यसमितिको सचिवमा अर्जुन पराजुली निर्विरोध निर्वाचित हुनुभएको छ । कोषाध्यक्ष पदमा भएको निर्वाचनमा श्रीकान्त घिमिरे २ सय ८५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्धी जनकलाल श्रेष्ठले दर्ुइसय मत र अर्का प्रत्यासी द्वारिका मिश्रले ४५ मत प्राप्त गर्नुभएको थियो ।
त्यस्तै जिल्ला कार्यसमितिको सदस्यमा क्षेत्र नंं १ बाट खगेश्वर जंग गुरुङ १४३ मत, कूलबहादुर घले १३१ मत, प्रेमराज चिलुवाल १२१, स्वतन्त्र हमाल १०३ र रमेश दवाडी १०१ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
महिला प्रतिनिधिमा विष्णुमाया धिताल र नानुमाया खाती र अल्पसंख्यक र अपांगतर्फ प्रकास चिलुवाल निर्विरोध निर्वाचित हुनुभएको छ । दलिततर्फकृष्णबहादुर वि.क विजयी हुनुभएको छ । आदिवासी जनजातितर्फखेमबहादुर गुरुङ निर्वाचित हुनुभएको छ ।
क्षेत्र नं. २ बाट आनन्द घिमिरे १३९ मत, राजु गुरुङ १२१ मत, पर्ूण्ा चन्द्र पोखरेल ११८ मत, रेशम खड्का १ सय, मखन गुरुङ ९७ मत प्राप्त गरी जिल्ला कार्य समितिको सदस्यमा विजयी हुनुभएको छ । महिलातर्फशोभा थापा १६६, पार्वती तामाङ १५१ मत प्राप्त गरी विजयी हुनुभएको छ । दलिततर्फ डिलबहादुर परियार १२० मत प्राप्त गरी विजयी हुनुभएको छ । जनजातितर्फखजिन्द्र गुरुङ, र अल्पसंख्यक तर्फमहमद सलिम मिया निर्विरोध रुपमा जिल्ला कार्य समितिको सदस्यमा निर्वाचित हुनुभएको छ ।
यस अघि महासमिति सदस्यका लागि हिजै भएको निर्वाचनमा क्षेत्र न १ बाट रामबहादुर गुरुङ, रामचन्द्र अधिकारी, शंकर कान्त जोशी डा टकराज गुरुङ र इन्दिरा तिवारी निर्विरोध निर्वाचित हुनुभएको छ । त्यस्तै क्षेत्र नं २ मा हरिभक्त अधिकारी, चन्द्र बहादुर कुँवर, कृष्ण कोइराला, गमप्रसाद गुरुङ र सुशिला घिमिरे निर्विरोध निर्वाचित हुनुभएको छ ।
No comments:
Post a Comment