लमजुङ १६ भदौ
महिलाहरुको महान पर्ब हरितालिका तिज दिनप्रतिदिन नजिकिदै गर्दा लमजुङमा पनि तीजको रमझम शुरु भएको छ । सदरमुकाम बेसीसहरसँगै गाउँघरमा तीजको गित गाउन र नाँच्न शुरु भएको छ ।
तीजको अबसर पारेर आज लमजुङको गाउँसहर गाविस वडा नं. ३ का मिलिजुली महिला समुहले तीजगित प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगिता संविधानसभामा महिलाको दायित्व विषयमा भएको छ । आजनै भारतेमा परियोजना सहयोग समितिले समुदायीक विकासमा महिलाको भुमिका विषयमा तीजगित प्रतियोगित गरिरहेका छन । यसैगरी उन्नतिशिल महिला समिति तार्कुले महिला हकअधिकार, स्वास्थ्य शिक्षा, सामाजिक जागरण र राष्ट्रियता सम्बन्धी तीजगित प्रतियोगिता गरेका छन् । कृष्ण अष्टमी पर्व भएकोले आजदेखि महिलाहरु रातको समयमा नाच गान गरेर रमाईलो गर्ने गर्दछन् भने दिउसोमा पनि विभिन्न कार्यक्रमहरु हुने गर्दछन् ।
रोपइँजात्रा पनि शुरुः
यसैगरी लमजुङको सदरमुकाम बेसीशहर र भोटेओडारमा आज रोपाइँजात्रा निकालिएको छ । बेसीशहरमा लमजुङ नेवा खलः र भोटेओडारमा नेवा खलः भोटओडारले रापाइँजात्राको आयोजना गरेका हुन् । उदिपुरका नेवार समुदायले भने भदौ १० गते नै रोपाइजात्रा निकालेका थिए । नेवार समुदायमा प्रचलित रोपाइँजात्रा नेवार वस्ती भएका सबै ठाउँहरुमा निकाल्ने गरिन्छ । रोपाइँजात्रा किन र कहिलेदेखि निकालियो भन्ने यकिन नभए पनि ब्यापार ब्यवसायमा बढी रुचि राख्ने नेवार समुदायहरुले मनोरञ्जनका लागि रोपाइँ जात्राको शुरुवात गरेको हुन सक्ने बताइन्छ । रोपाइँ जात्रामा पञ्चेबाजा बजाएर महिलाको पहिरन लगाएर पुरुषहरु अनेक श्रृंगार गरी बजारमा धान रोपाइँ गर्ने परम्परा रहँदै आएको छ । पञ्चेवाजाको मुख्य बाजा सहनाइमा असारे भाका निकालेर सहनाइ, नरसिंगा, ढलकी, झ्याली र दमाह बजाएर त्यसैको तालमा महिलाको भेषमा सजिएका पुरुषहरुले खेत रोपेको अभिनय गर्ने चलन छ । त्यस्तै मानिसलाई नै हलगोरु र हलि बनाएर सडकमा जोतेको अभिनय गर्ने चलन छ । आज नेवा खल ः लमजुङले बेसीशहरको भीमसेनस्थानबाट रोपाइँजात्रा निकालेको छ । रोपाइँजात्रा हर्ेन गाउँ गाउँदेखि र्सवसाधारणहरु आज बेसीशहर झरेकाले बेसीशहरमा विशेष रमझम थियो ।
No comments:
Post a Comment