बेसीसहर, भदौ १६ गते । नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष राजकुमार लेखीले नेपालको प्राकृति श्रोत साधन विनास गर्ने क्रम बढेको बताउँदै प्राकृतिक श्रोत साधनको संरक्षणमा आदिवासी जनजातिहरुले सरोकार रख्नुपर्ने बताउनुभएको छ । प्राकृतिक श्रोत साधनको विनासका कारण जलवायु परिवर्तनबाट जोखिम बढेको लेखीले बताउनुभयो ।
आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति लमजुङद्वारा आज बेसीशहरमा आयोजित जलबायु परिवर्तन, रेड र आदिवासी जनजाति सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै केन्द्रिय अध्यक्ष लेखीले आदर्श समाज निर्माणका लागि मानव समुदायको जीवनसंग सरोकार राख्ने विषयमा आदिवासी जनजातिले चासो राख्नुपर्ने बताउनुभयो । उहाँले सुतेर बस्दा हक अधिकारहरु असुरक्षित हुने भएकाले अधिकार प्राप्तिका लागि जुट्न आदिवासी जनजातिहरुसंग आग्रह गर्नुभयो ।
सो अवसरमा लेखीले दर्ुइ बर्षम्म पनि संविधान निर्माण हुन नसकेकोमा चिन्ता ब्यक्त गर्दै अब थप गरिएको समयावधिभित्र पनि संविधान नबनेमा मुलुक व्रि्रोह तर्फजाने चेतावनी दिनुभयो ।
अन्तरक्रिया कार्यक्रममा संविधान सभा सदस्य शान्ता चौधारीले सवै राजनीतिक दलले साथ दिएमा तोकिएको समयमा संविधान निर्माण गर्ने प्रतिवद्धता ब्यक्त गरिन् । प्राकृतिक स्रोत साधन बाँडफाँड समितिको सदस्य समेत रहेका चौधरीले आदिवासी जनजातिलाई त्यस ठाउँको जल, जमिन र जंगल उपयोग गर्न पाउने खालको संविधान निर्माणका लागि आदिवासी जनजाति सभाषद्हरुले पहल थालेको जानकारी दिनुभयो । आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् लमजुङका अध्यक्ष खेमजंग गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका राष्ट्रिय संयोजक पासाङ डोल्मा शर्ेपा, फिलिपिन्सका जलबायु परिवर्तन संवन्धि विशेषज्ञहरु, एकीकृत नेकपा माओवादीका उमाकान्त शर्मा, नेपाली कांग्रेसका सचिव अर्जुन पराजुली, नेकपा एमालेका अध्यक्ष जमीन्द्रमान घले, आदिवसी जनजातिका अगुवाहरु लगायतले तोकिएको समयमा आदिवासी जनजातिले चाहेको नयाँ संविधान जारी हुनुपर्ने वताउनुभएको थियो ।
No comments:
Post a Comment