बेसीशहर भदौ १६
लमजुङको वाहुनडाँडा गाउँ विकास समिति स्थित योङ स्टार युवा क्लबले हरितालिका तीजको उपलक्ष्यमा बाहुनडाडा कप फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
बेसीशहरमा पत्रकार सम्मेलनको आयोजना गरी क्लवले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । तीज मेला र फुटबल प्रतियोगिता बारे जानकारी गराउनका आयोजित पत्रकार सम्मेलनमा पुरुषतर्फो फुटबल प्रतियोगितामा प्रथम हुने टीमलाई नगद २५ हजार, द्वितीय हुने टीमलाई नगद १५ हजार तथा तृतीय हुनेलाई नगद ५ हजार पदक र प्रमाण पत्र दिइने बताइयो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी र र्सवाधिक गोलकर्तालाई नगद १ हजारका साथमा ट्रफी र प्रमाण पत्र दिइने छ ।
महिलातर्फो प्रतियोगितामा प्रथम हुनेलाई नगद ५ हजार रनिङ शिल्ड, स्वर्ण्र्ाादक र प्रमाण पत्र, द्वितीय हुनेलाई नगद ३ हजार रजत पदक र प्रमाण पत्र दिईने छ । त्यस्तै लोकदोहोरीमा प्रथम हुनेलाई एकहजार पाँचसय, द्वितीय हुनेलाई १ हजार र प्रमाणपत्र र अन्य प्रतियोगिताका लागि पनि आकर्ष पुरस्कार प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
No comments:
Post a Comment