एकीकृत नेकपा माओवादीले व्यवस्थापिका संसदवाट प्रधानमन्त्रीको उमेदवारी फिर्ता लिएको छ । व्यवस्थापिका संसदको आज बसेको बैठकमा माओवादी उपाध्यक्ष डा.वाबुराम भट्टर्राईले पेश गर्नुभएको उमेदवारी फिर्ताको प्रस्ताव बहुमतले स्वीकृत गरेको हो । प्रस्ताव फिर्ताको प्रस्ताव पेश गर्दै प्रधानमन्त्री चयनमा भएको सातौ चरणको निर्वाचनवाट समेत प्रधानमन्त्री चयन नभएका कारण चिन्ता र निराशा व्यक्त भएकोले उमेदवारी फिर्ता लिने निर्ण्र्ााभएको जानकारी गराउनुभएको हो । भट्टराइले माओवादी र एमाले निर्वाचन प्रक्रिर्यामा सहभागि नहुने तथा बहुमत ३४५ सदस्य निर्वाचन प्रक्रिर्या बाहिर भएका कारण निर्वाचन गरिरहनुकोे औचित्य नभएको बताउनुभयो । माओवादीले ऐतिहासिक आवश्यकतालाई बोध गरेर उमेदवारी फिर्ताको निर्ण्र्ाागर्न कांगे्रस उमेदवार रामचन्द्र पौडेलसंग आग्रह गरेको छ । नेपाली कागे्रसले भने निर्वाचन प्रक्रिया जारी रहेकै समयमा उमेदवारी फिर्ता गर्न नमिल्ने भन्दै नियमापत्ति गरेको छ । भट्टर्राई बोले लगत्तै कागे्रस मुख्य सचेतक लक्ष्मणप्रसाद घिमिरेले एक पटक समय दिइसकेपछि फेरि पनि उमेदवारी फिर्ता गर्न लिन मिल्छ कि मिल्दैन भनेर प्रश्न गर्नुभएको थियो । कांगे्रसले उठाएको बिषयमा स्पष्टीकरण दिंदै सभामुख सुवासचन्द्र नेम्वाङ्गले संसदमा भएका केहि प्रक्रिया नियमावलीमा नभएपनि नियम २२ अनुसार दर्ता भएको सूचनामा कार्वाही गर्न मिल्ने जानकारी गराउनुभयो । सभाको अनुमति लिएर फिर्ता लिन चाहेका कारण उक्त प्रस्ताव फिर्ता लिन चाहेका कारण उमेदवारी फिर्ता लिन मिल्ने सभामुखले बताउनुभयो । उमेदवारी फिर्ता भएपछि माओवादीका शर्ीष्ा नेताहरु संसंसद बैठकबाट बाहिरिएका थिए । बाहिरिने क्रममा माओवादी उपाध्यक्ष डा.भट्टराइले पटक/पटकको निर्वाचनवाट नजिता नआएका कारण कागे्रसले उमेदवारी फिर्ता गर्नेमा माओवादी विश्वस्त भएको बताउनुभयो ।
No comments:
Post a Comment