माघ ७ -
माओवादी लडाकुको रेखदेख,समायोजन तथा पुनःस्थापना बिशेष समितिको मातहतमा माओवादी लडाकुलाई ल्याउन भोलि (शनिबार) गरिने कार्यक्रमको तयारी तिब्र पारिएको छ ।
सरकार र माओवादीबीचको सहमति अनुसार शक्तिखोर स्थित माओवादी लडाकु तेस्रो डिभिजन शिविरमा भब्य कार्यक्रम आयोजना गरेर लडाकुलाई बिशेष समितिको नियन्त्रणमा गएको औपचारिक घोषणा गर्ने कार्यक्रम छ । कार्यक्रममा प्रधानमन्त्रीदेखि पार्टीका उच्च तहका ब्यक्तिहरु सहभागी हुने भएकोले माओबादी तर्फबाट स्वागत गर्न लडाकुहरु र सुरक्षा बन्दोबस्तका लागि स्थानीय प्रशासनले काम सुरु गरिसकेका छन् । शिविर रहेको मुलद्धारदेखि कार्यक्रमस्थल लडाकु खेलमैदानसम्म एक दर्जन स्वागतद्धार निर्माण भइरहेको छ । शिविरको मुख्य सडकका खाल्डाखुल्डी पुर्ने काम भइरहेको डिभिजनले जनाएको छ ।

No comments:
Post a Comment