scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Friday, January 21, 2011

तीन दल सहमतिको नजिक


 माघ ७ -
काँग्रेस र एमालेले कुनैपनि हालतमा माओवादी नेतृत्वको सरकार स्वीकार्य नहुने अडान छाडेका छन् । शुक्रबार बिहान शान्ति मन्त्रालयमा भएको तीन दलका शीर्ष नेताको बैठकमा सरकारको नेतृत्व खुला राखेर छलफल गर्न दलहरु सहमत भएका हुन् ।
'हामीले सरकारको नेतृत्व लगायतका बिषायमा खुला रुपमा छलफल गर्ने सहमत भएका छौं' एमाले नेता केपी ओलीले बैठकपछि संवाददाताहरुलाई भने 'यसका लागि राष्ट्रपतिसंग सहमतिको सरकार गठनको समयसीमा थप्न अनुरोध गर्ने भएका छौं ।'
संसदमा प्रतिनिधित्व गर्ने अन्य दलहरुसंग पनि यस बिषयमा छलफलका लागि शुक्रबार नै साँढे १२ बजे २८ दलको बैठक बस्ने भएको छ ।
यसअघि निशस्त्र र नागरिक पार्टीमा रुपान्तरण नभएसम्म माओवादीको नेतृत्व स्वीकार्य नहुने अडान राखेका काँग्रेस र एमालेले अडान छाडेपछि सहमतिको सरकार बन्ने संभावना बढेको हो ।

No comments:

Post a Comment