scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Thursday, February 16, 2012

राज्यव्यबस्थाले नागरिकतावारे छलफलगर्ने

अन्तरिम संविधान र नागरिकता ऐन विपरित अंगीकृत नागरिकता पाएका व्यक्तीका सन्तानलाई वंशजको नागरिकता दिने गृहमन्त्रालयको परिपत्रवारे व्यबस्थापिका संसदको राज्यव्यबस्था समितिले आज छलफल गर्दैछ । संसद सचिवालय सिंहदरवारमा विहान ११ बजे बस्ने बैठकमा गृहमन्त्रालयका अधिकारीहरुलाई बोलाइएको समिति सभापति रामनाथ ढकालले जानकारी दिनुभयो । गृहमन्त्रालयको परिपत्रपछि विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले गैर कानूनी काम नगर्ने भन्दै अडान लिएपछि उनीहरुको सरुवा भइरहेको खबर र्सार्वजनिक भइरहेका छन् । राष्ट्रपति डा रामबरण यादवले समेत गृहमन्त्रालयको परिपत्रको बारेमा चासो देखाएपछि परिपत्र रोक्न समितिले निर्देशन दिने बुझिएको छ ।

No comments:

Post a Comment