बेसीशहर- जिल्ला विकास समिति र गाउ“ विकास समितिहरुले पाउ“दै आएको अनुदानमा भारी कटौति भएपछि लमजुङका विकास निर्माणका कामहरु प्रभावित भएका छन् ।
अनुदान रकम कटौति भएपछि जिल्ला विकास समिति लमजुङले यस बर्षसञ्चालन गर्न लागेका विकास योजनाहरु कटौति गर्नुपर्ने अवस्था आएको छ । त्यस्तै गाउ“ विकास समितिबाट पारित भएका योजनाहरु पनि अलपत्र अवस्थामा पुगेका जिल्ला विकास समिति लमजुङले जनाएको छ ।
लमजुङका स्थानीय विकास अधिकारी विष्णुदत्त गौतमका अनुसार यस पटक जिविस अनुदान ८० प्रतिशतले घटेको छ । जिविसले पाउने पू“जीगत अनुदान २ करोड ४० लाख मध्ये यस बर्ष४० लाख रुपैया“ मात्र पाउने अवस्था आएपछि निकै समस्या उत्पन्न भएको गौतमले बताउनुभयो ।
त्यसैगरि गाविस अनुदान पनि एक तिहाई घटेरे आएको छ । गाविस अनुदान तर्फलमजुङमा १० करोड ९१ लाख आउनु पर्नेमा जम्मा ६ करोड ७० लाख मात्र आएको जिल्ला विकास समितिले जनाएको छ । स्थानीय विकास अधिकारी गौतमले बजेट आए पनि अख्तियारी नआउ“दा थप समस्या परेको बताउनुभयो ।
सरकारलेे न्यूनतम शर्त तथा कार्य सम्पादन मापदण्ड -एमसिपिएम)को आधारमा जिल्ला विकास समितिहरुलाई अनुदान दिने गरेको छ । अघिल्लो बर्षजिविस लमजुङले ६६ अंक प्राप्त गरेको थियो । यो आधारमा जिविस लमजुङले साविकको भन्दा थप २५ प्रतिशत अनुदान पाउनु पर्ने भए पनि साविकको बजेट पनि कटौति भएपछि अब के गर्ने अन्यौल छाएको छ ।
अनुदान घटेपछि जिविसले विगतमा छनोट गरेका योजनाहरु पनि पुनः प्राथामिकताको आधारमा छनोट गर्नु पर्ने अवस्था आएको छ । यसका लागि अब दलहरुसंग बसेर छलफल गर्ने तयारी भइरहेको स्थानीय विकास अधिकारी गौतमले बताउनुभयो । पर्ूण्ा बजेट नआउनु, संविधानसभाको निर्वाचनका लागि र राष्ट्रिय गौरवका योजनामा बजेट केन्द्रीत गरिनुका कारण जिविस र गाविसहरुको अनुदान घट्न गएको जिविसले जनाएको छ । स्थानीय विकास मन्त्रालयमा अनुदान बजेट ५४ अर्ब हुनुपर्नेमा अहिले जम्मा ३० अर्ब मात्र छुट्याइएको गौतमले बताउनुभयो । "पर्ूण्ा बजेट आयो भने र थप श्रोत आयो भने केही गर्न सकिएला, नभए यो बर्षकाम गर्न सकिन्न",- स्थानीय विकास अधिकारी गौतमले भन्नुभयो ।
शुरुमा बजेट नआउनु, केही समयका लागि तलबी बजेट आउनु र पछि गत बर्षो यथार्थ खर्चको आधारमा आएको बजेटमा पनि अनुदान कटौति भएका कारण जिविस र गाविसबाट यस बर्षसञ्चालन हुनुपर्ने कुनै पनि योजनाको काम हुन सकेको छैन ।
No comments:
Post a Comment