नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाले अहिले सम्म हुन नसकेको सहमति गराउन पटक पटक म्याद थप गर्नु भन्दा सशक्त कदम चालेर बर्तमान गतिरोध तोड्न राष्ट्रपतिलाई सुझाव दिनुभएको छ ।
सहमतिका रटान लगाएर सहमति नगर्ने एमाओवादीबाट सहमति शब्दकै उपहास भएकोले राष्ट्रपतिले सशक्त कदम चाल्नु पर्ने कोइरालाले बताउनुभयो । पर्ूर्वी लमजुङको विचौर गाविसको भुम्लीचोकमा महाभिरखोला लघु जलविद्युत आयोजना तथा ल्होसार विशेष कार्यक्रमको आइतबार उद्घाटन गर्दै सभापति कोइरालाले राष्ट्रिय सहमतिको सरकारका लागि राष्ट्रपतिसंग पटक पटक थप समय माग्ने तर सहमति नगर्ने परम्पराको अब अन्त्य हुनुपर्ने विचार राख्नुभयो । राष्ट्रपतिले सहमतिको सरकार गठन गर्न सातौं पटक म्याद थपेकै दिन सभापति कोइरालाले पटक पटक यही क्रम दोहोर्याउनु भन्दा नया“ विकल्पमा जानुपर्ने आवश्यकता आंैल्याउनु भएको हो ।र्
वर्तमान सरकारले चुनाव गराउने हैसियत नराख्ने भएकाले सहमतिको सरकार गठन नभएमा राष्ट्रपतिले नै नया“ चुनाव तोक्नुपर्ने कोइरालाको भनाई थियो । राष्ट्रपतिबाट समय थप माग्ने तर थपिएको समयमा सहमति नगर्ने परम्पराले नेताहरुको राजनीति पनि धेरै नचल्ने भएकाले छिटो सहमतिमा आउन उहा“ले आग्रह गर्नुभयो । सहमति बनाउन आफू र आफ्नो पार्टर्ीीेपाली कांग्रेस हदैसम्म लचिलो बनेको भन्दै कोइरालाले माओवादीले सहमति पालना नगर्दा समस्या निम्तिएको बताउनुभयो ।
आफ्नो लागि प्रधानमन्त्रीको कर्ुर्सर्ीी पद ठूलो नभएको स्पष्ट पार्दै कोइरालाले आफू देश, जनता, लोकतन्त्र र पार्टर्ीीई प्रतिकूल हुने गरी प्रधानमन्त्री नहुने स्पष्ट पार्नुभयो । अहिले माओवादीले संविधानसंग प्रधानमन्त्री पद साट्न खोजिरहेेको भन्दै कोइरालाले त्यसो हुन नसक्ने बताउनुभयो ।
देशमा विद्यमान समस्या समाधानका लागि सहमति, सहकार्य र मेलमिलापमा जोड दि“दै कोइरालाले अब ढिलो नगरी सहमतिमा आई संक्रमणकाल छोट्याउन एमाओवादीलाई आग्रह गर्नु भयो । सभापति कोइरालाले माओबादीले सोस्तो लोकप्र्रियताको नाममा जनतामा भ्रम फैलाएको आरोप लगाउ“दै कोइरालाले अब पनि जनतालाई झुक्याउने, थर्काउने र तर्सर्ााे काम नगर्न चेतावनी दिनुभयो । शान्ति, लोकतन्त्र र स्थायित्व विना जनताको स्वतन्त्रताको प्रत्याभूति नहुने भएकाले यसका लागि नेपाली कांग्रेस प्रयत्नशील रहेको उहा“ले बताउनुभयो ।
No comments:
Post a Comment