scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Thursday, January 3, 2013

गाउ“गाउ“मा पुस्तकालय खुल्नुपर्ने


बेसीशहर- सभ्य, सुशिक्षित र समुन्नत समाज निर्माणको लागि गाउ“ गाउ“मा पुस्तकालयहरु खोलिनु पर्ने बेसीशहरमा आयोजित एक कार्यक्रममा बक्ताहरुले बताएका छन् ।
नेपाल सामुदायिक पुस्तकालय संघ  र लक्ष्मीनारायण सामुदायिक पुस्तकालयको संयुक्त आयोजनामा बेसीशहरमा आयोजना गरिएको शैक्षकि गुणस्तर अभियान वृद्धि र समुन्नत समाज निमार्ण्र्ाा लागि पुस्तकालय पैरवी कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् । 
नेपाल सामुदायिक पुस्तकालय संघका केन्द्रीय अध्यक्ष वासुदेव ढुंंगानाको अध्यक्षतामा भएको कार्यक्रममा लक्ष्मीनारायण पुस्तकालयको दाता रिड नेपालका सल्लाहकार भोला श्रेष्ठ, स्थानीय विकास अधिकारी विष्णुदत्त गौतम, नेपाली का“ग्रेस लमजुङका सभापति कृष्णप्रसाद कोइराला, नेकपा एमाले लमजुङका अध्यक्ष धनञ्जय दवाडी, एनेकपा माओवादीका प्रतिनिधि चन्द्र वहादुर नेपाली, जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनाल, महिाल आपसी सहयोग केन्द्रका कार्यक्रम संयोजक विष्णु चिलुवाल लगायतको सहभागिता थियो ।  
सो अवसरमा नेपाल सामुदायिक पुस्तकालय संघका अध्यक्ष ढुंगानाले एक गाउ“ एक पुस्तकालयको अवधारणाको वारेमा प्रकाश पार्नुभएको थियो ।  लक्ष्मी नारायण सामुदायिक पुस्तकालयका अध्यक्ष गणेश प्रसाद न्यौपानेले सामुदायिक पुस्तकालयको वारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । 
सो अवसरमा सहभागीहरुले गाउ“ गाउ“मा आमा समूह, युवा क्लव, वाल क्लवहरु गठन भए पनि गाउ“मा पुस्तकालय स्थापनामा कसैको ध्यान नगएको भन्दै प्रत्येक गाउ“मा एक पुस्तकालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।

No comments:

Post a Comment